५ कार्तिक २०८२, मंगलवार
‘जापान पठाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

  • टाइम्स संवाददाता

  • २९ माघ २०८१, मंगलवार १८:३२

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाँकेको बैजनाथ गाउँपालिका– ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ।  विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १४र१५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको भन्दै परेको उजुरीलाई आधार मानेर प्रहरीले तिर्सनालाई पक्राउ गरेको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी आयुश जोशीले वैदेशिक रोजगार विभागमा उजुरी परेको र पक्राउ आदेश आएकाले तिर्सनालाई पक्राउ गरिएको जानकारी दिए।  उनले जापानमा वर्किङ भिसामा पठाइदिने भन्दै रकम असुलेको आरोप रहेको छ।

Nabintech