कोहलपुरः पश्चिम नेपलको उदाउदो शहरको रुपमा रहेको कोहलपुरमा पहिलो पटक उच्च शिक्षा प्रदान गर्ने गरि बि.स. २०४८ सालमा स्थापना भएको बागेश्वरी बहुमुखि क्याम्पसले ३३ औं बर्षगाँठ आज शुक्रवार भब्य समारोहका विच मनाईएको छ । कार्यक्रममा उपस्थिती प्रमुख अतिी, विशिष्ट अतिथी तथा अतिथीहरुको स्वागतका लागि प्रध्यापक ज्ञानेन्द्र शाहीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा.डा. धुब्रकुमार गौतमले साइन्स एण्ड टेक्नोलोजी भवनको उद्घाटन गर्नुका साथै स्वविययू भबनको शिलन्यास समेत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुब कुमार गौतमले मध्यपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुलाई दक्ष जनशक्ति उत्पादन गर्ने आफनो अथक प्रयास जारी रहेको उल्लेख गर्दै बागेश्वरी क्याम्पस विश्वविद्यालयकालागि आशा लाग्दो क्याम्पसका रुपमा रहेको चित्रण गरे । वागेश्वरी क्याम्पसका सकारात्मक काम र शैक्षिक अभियानमा आफनो सदैव साथ, सर्मथन र सहयोग रहने उल्लेख गर्दै भिसि गौतमले क्याम्पसको श्रीबृद्धिकालागि आफनो विश्वविद्यालयले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारसंग संयोजनकारी भुमिका सदैव रहने प्रतिवद्धता जनाए ।
विश्वविद्यालयले शैक्षिक क्यालेण्डर बमोजिम क्याम्पसका गतिविधिहरु, परिक्षा र रिजल्टहरु समयमै गर्न अथक प्रयासरत भएको उल्लेख गर्दै परिक्षा र रिजल्टमै विद्यार्थीहरु रणभुल्लमा पर्ने परिपाटि विश्वविद्यालय चिर्ने कार्यमा ढुक्क रहन विद्यार्थीहरुमाझ वचनवद्धता समेत ब्यक्त गरे । सुदुरपश्चिम, कर्णाली र लुम्विनीको प्रबेशद्धारमा रहेको बागेश्वरी क्याम्पसमा विभिन्न विकट जिल्लाहरुवाट अध्यन गर्न विद्यार्थीहरु आउने गरेको प्रति ईगित गर्दै भिसि गौतमले क्याम्पसको शैक्षिक कार्यक्रम, भौतिक ब्यबस्थापनका साथै कर्मचारी, प्राध्यापक ब्यबस्थापनमा आफुहरु गम्भिर रहेको उल्लेख गरे ।
सभाध्यक्ष एवं बागेश्वरी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख दान वहादुर हमालले क्याम्पसका समग्र गतिबिधि सहितको प्रतिवेदन प्रस्तुत गरेको ३३ औं बर्ष गाँठमा माननिय प्रदेश सांसदहरु दुर्गा प्रसाद चौधरी, वसन्ति अधिकारी, नगर प्रमुख पुर्ण प्रसाद आचार्यले क्याम्सको बृत्ति विकासमा आफनो सदैव साझेदारी रहने वताएका छन ।
क्याम्पस स्थापनाकालका शैक्षिक ब्यक्तित्व होम प्रकास सुवेदी, महेन्द्र क्याम्पस नेपालगञ्जका क्याम्पस प्रमुख लालमणि आचार्य समेतले शुभकामना मन्तब्य ब्यक्त गरेको कार्यक्रममा स्ववियु अध्यक्ष देबेन्द्र बहादुर बुढाले क्याम्पसका वारेमा चर्चा गर्दै क्याम्पसको विकासका निम्ति व्यक्तिग र स्ववियूको तर्फबाट सवै सरोकारवालाहरुसंग सहयोगको अपिल गरे ।क्याम्पस स्थापनाकालदेखि हाल सम्म क्याम्पसकालागि उच्च योगदान गर्ने बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको कार्यक्रममा पुर्व स्ववियु सभापतिहरु अब्दुल हुसेन खाँ, प्रकास सिग्देल, सुर्य रोकाय, दिनेश केसि रिजाल र वर्तमान स्ववियु अध्यक्ष देबेन्द्र बहादुर बुढालाई सम्मान गरिएको थियो । क्याम्पसमा अध्यन तथा अध्यापनमा उल्लेख्य भुमिका खेल्दै भन्दै क्याम्पसका विद्यार्थी, प्रध्यापकहरुलाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका साईन्स एण्ड टेक्नोलोजिका डिन सुदिप सिंह ठकुरी, पुर्व नगर प्रमुख लुट वहादुर रावत,कोहलपुर नपा ११ का वडा अध्यक्ष कल्पना अधिकारी, जग्गादाता भानुभक्त भट्टराई, ववई क्याम्पसका क्याम्पस प्रमुख वीरेन्द्र लम्साल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका सह प्राध्यापक तेज वहादुर केसि, ईप्रका कोहलपुरका प्रहरी निरिक्षक रमेशलाल पौडेल, नेपाली कांग्रेसका उपसभापति कृष्ण कार्की,नेकपा माओवादि केन्द्रका नगर अध्यक्ष अवराज खडका, नेपाली काँग्रसका नगर सभापति वीरेन्द्र शाह, रास्वपा नगर उपाध्यक्ष गंगा पोखरेल, नेकपा एसका नगर अध्यक्ष शिव डाँगि लगाएतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन प्राध्यापक खोपिराम वलिले गरेका थिए ।