नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचानको लागि एक महिने अभियानका लागि कोहलपुरमा अभिमुखिकरण
को शुभारम्भ गरे संगै कोहलपुरमा पनियसलाई प्रभावकारी बनाउनका लागि तयारी थालिएको छ । आज आइतबार कोहलपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच यसलाइृ कसरी प्रभावकारी बनाउन सकिन्छ भनि छलफल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, नसर्ने रोग अभियानका फोकल पसृन नरेश बाबु श्रेष्ठ, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी र कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख इश्वरी बि.क.को उपस्थितीमा वडा स्तरमा यसलाई ब्यापक बनाउनका लागि वडाध्यक्ष, स्वास्थ्य चौकी इन्चार्जहरुलाई अभिमुखिकरण गरिएको हो । यस्तै कार्यक्रममा कोहलपुर नगर क्षेत्रमा रहेका धर्म गुरु, बाल क्लबहरुको पनि सहभागिता रहेको थियो ।
नसर्ने रोगहरुलाई कसरी पत्ता लगाउने र यसको न्यूनीकरणका लागि अभियानमा कसरी काम गर्ने भन्ने विषयमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले आफ्नो प्रस्तुतिकरण दिएका थिए ।
यस्तै कार्यक्रममा आफ्नो प्रस्तुती दिदै कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले कोहलपुरमा रहेका १५ वटै वडामा यसको प्रभाबकारी कार्यान्वयन गर्नेमा आफुहरु प्रतिबद्ध रहेको जानकारी दिनु भयो । यो अभियान सफल बनाउनका लागि नगरस्तरी स्वास्थ्य कार्यालयले घरदैलोमै पुगेर सेवा विस्तार गर्ने योजना बनाएको बताउनु भयो । यो अभियान कोहलपुरमा संचालन भैसकेको छ ।समयमै नसर्ने रागको जाँच गराऔं, स्वास्थ्य र दिर्घ जीवन बचाऔंू भन्ने मुल नाराका साथ यो अभियान संचालन भएको हो । यो अभियान फगुन महिना भरी संचालन हुने छ ।
यो अभियानबाट नसर्ने रोगहरूबारे आम जनतामा जनचेतना वृद्धि हुनुका साथै उनीहरूलाई उपचार प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । एक महिनासम्म सञ्चालन हुने यस अभियानले नगरका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछ भने प्रदेशका १५ वटै वडामा सञ्चालन भई अभियानले समुदायस्तरमै रोग पहिचान र रोकथामका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।