१३ फाल्गुन २०८१, मंगलवार
पिकअप गाडी अनियन्त्रित भई घरमा पस्दा बालकको मृत्यु, चार घाइते

  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०८१, मंगलवार २१:०४

नेपालगन्जको बेलासपुरमा दुर्घटना हुँदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको छ । भे १ च ३८१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई घर भित्र पस्दा पाँच वर्षीय दृश्य बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले बताउनुभयो ।

उहाँले बेलासपुर गाउँको मोडमा रहेको एक घरबाट सामान लोड गरेर फर्किने क्रममा सिधै घर भित्र उक्त गाडी पस्दा खेलिरहेका दृश्यको घटनास्थलमै निधन भएको जनाउनुभयो । सुचना अधिकारी विकका अनुसार, गेट खुल्लै रहेको घरभित्र अन्धाधुन्ध पसेको गाडीले घरधनी उत्तरबहादुर सिलवाल, उहाँकी छोरी सुमन बुढाथोकीका छोरा दृश्य बुढाथोकी, छोरा सन्जय सिलवाल, नाति सन्जित सिलवाल र नातिनी सृष्टि गौतमलाई ठक्कर दिएको थियो ।

घटनास्थलमै दृश्यको निधन भएको थियोे भने सन्जयको खुट्टा भाचिएको थियो । घाइतेको नर्सिङहोममा उपचार भई रहेको छ । प्रहरीले उक्त गाडी सहित चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार अनुसार, घटना घटेको विपरित दिशामा रहेको घरमा बस्ने एक परिवारले कोठा सार्नका लागि उक्त गाडीलाई बहाल दिने गरी बोलाएका थिए । उक्त गाडीका चालकले ब्याक गर्ने क्रममा घरको भित्तामा ठोक्काएका थिए ।

Nabintech