१४ फाल्गुन २०८१, बुधबार
शुभकामना सार्वजनिक यातायातको किङ डिस्कभरी सन्चालनमा

  • टाइम्स संवाददाता

  • १४ फाल्गुन २०८१, बुधबार १४:४२

कोहलपुर  : बाँकेको नेपालगन्जबाट शुभकामना यातायात प्रा.लिको किङ डिस्कभरी आधुनिक सुबिधा सम्पन्न बस सन्चालनमा ल्याएको छ । कोहलपुर र नेपालगन्जाट सन्चालनमा आइरहेका अहिले सम्मकै अति सुबिधा सम्पन्न बस रहेको शुभकामना सार्वजनिक यातायात प्रालि कोहलपुर काउन्टरका प्रमुख गुरुवचन चौधरीले बताउनु भएको छ ।

  

पछिल्लो समय यातायात ब्यवसायि समितीहरुले यात्रुहरुको सुबिधालाई मध्यनजर गर्दै सुबिधा सम्पन्न सवारी साधन सन्चालन गर्ने होडबाजी जस्तै देखिदै आएको छ । यसको प्रत्यक्ष फाइदा यात्रुहरुलाई भएको पाइन्छ । यात्रुहरुले आफु अनुकुलका सुबबधा सम्पन्न बसहरु छनौट गर्ने अबसर पाएका छन ।
यो किङ डिस्कभरी आधुनिक सुबिधा बस २ इन १ सिट भएको ३१ सिटे बस रहेको छ । किङ डिस्कभरी बसमा यात्रुहरुको सुरक्षालाईध्यान दिदै बसको सिटमा सिट बेल्ट ,सिसि क्यामरा ,जिपिएस सिस्टम पनि रहेको शुभकामना सार्वजनिक यातायात प्रालिका अध्यक्ष रेशम बहादुर खत्रीले बताउनु भएको छ ।

Nabintech