कोहलपुर : नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय अधिवेशन २०८२ बैशाख २१ र २२ गते नेपालगञ्जमा आयोजना हुने भएको छ । सम्मेलनको बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संगठनका ईन्चार्ज तथा नेकपा एमाले केन्द्रीय सदस्य मो हारुन हल्वाईले नेपाली मुस्लिम समुदायको पहिचान र अधिकार स्थापित को लागि नेकपा एमालेको जनवर्गीय संगठनको रुपमा स्थापित भएको नेपाल मुस्लिम इत्तेहाद संगठन विभिन्न खाले आरोह अवरोह पार गर्दै पार्टीको विचार समुदायसम्म पुर्याउने काम गरिरहेको बताए
यो पनि सुन्नुहोस
https://fb.watch/x_WpxoN4vf/
उनले संगठनको केन्द्रीय अधिवेशन नेकपा एमालेका केन्द्रीय अध्यक्ष, तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम तय भएको जनाउदै सो कार्यक्रममा पार्टी महासचिव कमरेड शंकर पोखरेलको विशेष राजनीतिक प्रशिक्षण रहने बताए। कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य सुर्य ढकालले नया नेतृत्व स्थापित गर्न यो सम्मेलनले महत्वोपुर्ण भुमिका खेल्ने बताए। संगठनका केन्द्रिय कोषध्यक्ष तथा महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खाँले अधिवेशन सफल बनाउनका लागि १३ वटा उपसमिति निर्माण गरी क्रियाशील रहेको बताए । अधिवेसनमा ४२ जिल्लाबाट ६ सय प्रतिनिधिको सहभागिता रहने जानकारी गराइएको छ । संगठनका जिल्ला अध्यक्ष सफिक नद्दाफको अध्यक्षता तथा शकिल कादरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।