५ बैशाख २०८२, शुक्रबार
मेयरलाई सीडीओको जवाफ- प्रमाण लिएर आउन चुनौती अन्यथा कारबाही गरिने

  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०८१, शुक्रबार १८:२६

कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।  हिजोमात्र गृहमन्त्रालयमा सरुवा भएका सीडीओ रिजाललाई नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै लामो स्टाटस लेखेका थिए । रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यको आरोप छ ।

मेयर आचार्यको स्टाटसलाई लिएर हामीले सीडीओ रिजालसँग सम्पर्क गर्‍यौं । मेयरको स्वार्थ पूरा नभएपछि आफूमाथि खनिएको रिजालले प्रतिक्रिया दिए । उनले नेपाल  भने,झउसले भनेको स्कूलमा सेन्टर परेन । उसको स्वार्थ पूरा भएन । त्यसैले फेसबुकमा लेखेको हो ।

रिजालले मेयर आचार्यलाई प्रमाण लिएर आउन र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने भनिसकेको बताए ।  मैले मेयरलाई प्रमाण ल्याएर आइज भनिसकेको छु । यदि उसले प्रमाण ल्याउन सकेन भने कानूनी कारवाही गर्छुञ, सीडीओ रिजालले भने ।

सहसचिव रिजाल निजामतीमा अहिलेसम्म आर्थिकरूपमा कतै विवादमा नपरेका, पारदर्शी र स्वच्छ छविका प्रशासक भनेर चिनिन्छन् । कांग्रेसबाट मेयर जितेका आचार्यले आफूले भनेको ठाउँमा परीक्षा केन्द्र नपरेपछि रिजालको चरित्र हत्या गरेको स्रोतले बतायो ।

Nabintech