कोहलपुर : बाँके राष्ट्रिय निकुन्जको आयोजनामा पृथ्वी र मानवल हितको लागी बन्यजन्तु संरक्षणमा लगानी भन्ने मुल नाराका साथ विश्व वन्यजन्तु दिवस तथा समुदायमा आधारित चोरी शिकार नियन्त्रण इकाइ परिचालन दिवस बाँकेको ओभरीमा सम्पन्न भएको छ ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कंडेलले संरक्षणलाई समृद्धिसंग जोड्दै पर्यापर्यटन प्रर्बधन पहिलो काम रहेको बताउनु भएको छ । पछिल्लो समय वन्य जन्तुको चोरी शिकार नियन्त्रण गर्न समुदायका युवाहरुको अहम भुमिका रहेको बताउनु भयो । उहाले अगाडी भन्नु भयो समुदायका युवा , संरक्षित क्षेत्रका जिम्मेबार निकाय र निकुन्ज संगसगै मिलेर अगाडी बढेयो भने बन्य वन्जुको चोरी शिकार शुन्यमा ल्याउन सकिने बताउनु भयो ।
बाँके राष्ट्रिय निकुन्जमा सिबिएपीयुका साथीहरुले खेलेको भुमिका संरक्षणमा महत्वपुर्ण टेवा पुराएको उहाको भनाइ रहेको छ ।
बाँके राष्ट्रिय निकुन्ज अन्र्तगत ६० वटा CBAPUका उपसमितीहरुले बन्यजन्तुको चोरी शिकार नियन्त्रण गर्नुका साथै समुदायमा मानव बन्यजन्तु द्धन्द्ध न्युनिकरणको लागी सक्रिय भएर काम गरिरहेको बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बताउनु भयो ।
CBAPU का संरक्षण अभियान्ताहरुले समुदायमा फैलाएको चेतानाको कारण बन्यजन्तुको चोरी शिकार न्युन हुदै गएको उहाको भनाइ छ ।निकुन्जले संरक्षण अभियान्ताहरुलाई सम्मान समेत गर्नु पर्ने समेत उहाले बताउनु भएको । मध्यवर्ती क्षेत्र भित्ररहेका नागरिकहरुलाई आयआर्जन र बैकल्पिक खेतीमा समेत जोड दिदै संरक्षण प्रति जागरुक बनाउनु पर्ने सहभागीहरुले बताएका थिए । सरक्षण अभियान्ता शारदा खुनाले घडियाल गोही संरक्षणमा आफु लागेको र बन्यजन्तुको आनीबानीको बारेमा समुदायमा चेतना फैलाउदाको अनुभब समेत बताउनु भएको थियो ।
शुरुका दिनमा समुदायस्तरमा बन्यजन्तुको संरक्षणको बारेमा जनचेतना फैलाउन केही कठिनाइ भए पनि अहिले भने सहज भएको उमा वलीले बताउनु भयो । संरक्षणमा लगेपछि बिभिन्न प्रकाका तालिमहरुले ब्यक्तिगत बिकासमा समेत टेवा पुगेको उहाको भनाइ रहेको छ । बन्यजन्तु बिशेष गरि बाघको सख्या बढेसगै नेचरगाइको भुमिकालाई सक्रिय गराउदै आयआर्जनमा जोडिन थालेको शान्ती चौधरीले बताउनु भएको छ । निकुन्ज भएरमात्र समुदायका नागरिकहरुले थुप्रै अबसर पाउन सफल भएको कोहलपुर नगरपालिका वडा न १२ का वडा अध्यक्ष वीरेन्द्र शाहले बताउनु भयो । बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र बसोबास गर्ने दश हजार भन्दा बढि युवाहरु संरक्षणमा लागीरहेका संरक्षण कर्मी कृष्ण चौधरीले बताउनु भयो ।
निकुन्ज भएकै कारणले होसस्टेको प्रर्बधन र बाघ हेर्न पर्यटकहरु आउन थालेको उहाको भनाइ रहेको छ ।
कार्यक्रममा राप्ती सोनारी गाउपालिका वडा न ८ का वडा अध्यक्ष शालिक राम डाँगी , कोहलपुर नगरपालिका वडा न १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का मध्यवर्ती क्षेत्र उपभोग्ता समितीका अध्यक्ष , निकुन्ज सुरक्षार्थ खटिको नेपाली सेना, संरक्षण कर्मी युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन बाँके राष्ट्रिय निकुन्जका सुचना अधिकारी मन्दीप पंगेनीले गर्नुको थियो । कार्यक्रममा २०० भन्दा बढिको सहभागीता रहेको थियो ।