२४ असार २०८२, मंगलवार
कोहलपुरमा चालक र सहचालकका लागि एक दिने निशुल्क आँखा शिविर

  • टाइम्स संवाददाता

  • १० जेष्ठ २०८२, शुक्रबार ०९:०६

इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा कोहलपुरको नयाँ बसपार्कमा चालक सवारी चालकलाई मध्येनजर गर्दै एक दिने स्वास्थ्य तथा आँखा शिविर संचालन गरिएको छ । सवारी दुर्घटनालाई नियन्त्रण र कम गर्ने उद्देश्यले सो शिविरको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुष्करराज पन्तले जानकारी दिए । सवारी चालकहरुले नियमित स्वास्थ्य चेकजाँच नगर्ने र उनीहरुको आँखा लगाएत अन्य समस्याका कारण पनि सडक दुर्घटना हुने भएको हुदा यस्तो कार्यक्रमको आयोजना गरिएको पन्तले बताए ।
कार्यक्रमको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले उदघाटन गरेका थिए । यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर आचार्यले जनताको सेवाका लागि स्थानीय सरकार सधै सकारात्मक रहेको समेत बताएका थिए । यस्तै उनले जनताको सेवाका लागि गरिने यस्ता गतिबिधिहरुमा आफ्नो सहकार्य सधै रहने जानकारी दिए । व्यवसायीक रुपमा गरिने शिबिरहरुलाई अब निरुत्साहित गर्नु पर्ने उनको भनाई रहेको थियो । स्थानीय सरकारले जनताका लागि भन्दै केहि महिना अघि वडा स्तरबाटै आँखा शिविर संचालन गरेको कुरा समेत स्मरण गरेका थिए । यस्ता शिविरले प्रत्यक्ष रुपमा जनताको हितका लागि काम गर्नु पर्नेमा उनको जोड रहेको थियो ।
शिविर कार्यक्रमका लागि कोहलपुर नगरपालिका र बगेश्वोरी यातायात प्रा लिको सहकार्य रहेको थियो भने फत्तेबाल आँखा अस्पताल र कोहलपुर नगर स्वास्थ्या शाखाको प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक  लक्ष्मी खनाल, बागेश्वरी यातायात प्रा.लिका अध्यक्ष मनप्रसाद आचार्य, कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कल्पना अधिकारी लगाएको उपस्थिती रहेको थियो ।

Nabintech