काठमाडौं – प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन् । नियुक्तमध्ये प्रेस युनियन र प्रेस चौतारीबाट ३/३ जना छन् ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यहरूमा प्रेस युनियनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी छन् भने चौतारीबाट निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी छन् । केहीले नियुक्ति पत्र बुझिसकेका छन् भने केही बुझ्ने तयारीमा रहेको बताइएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल आजबाट सकिएको छ ।