२५ जेष्ठ २०८२, शनिबार
रात्रिकालीन क्रिकेट प्रतियोगिताको उपाधि कोहलपुरको युनाइटेड भिजन क्रिकेट क्लबलाई

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८२, बिहीबार २१:२१

बाँकेको कोहलपुरमा पहिलोपटक आयोजन भएको रात्रिकालीन क्रिकेट प्रतियोगिताको उपाधि कोहलपुरको युनाइटेड भिजन क्रिकेट क्लबले जितेको छ ।

हिजो भएको फाइनल खेलमा नेपालगन्जको भेरी रकर्स क्लबलाई ५ विकेटले पराजित गरेर युनाइटेड भिजन च्याम्पियन भएको हो । उपाधि विजेता युनाइटेड भिजनले १ लाख ५० हजार नगदसहित, ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको भेरी रकर्सले ७५ हजारमा चित्त बुझाएको छ ।कोहलपुरको खुलामञ्च मैदानमा भएको फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको भेरी रकर्सले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

१ सय २२ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजनले १० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । उसका लागि प्लेयर अफ दी म्याच भएका साजन विटालुले अविजित ६७ रनको सानदार पारी खेलेका थिए ।प्रतियोगिताको प्लेयर अफ दी सिरिज भेरी रकर्सका रोशन शाह, वेस्ट ब्याट्सम्यान अर्जुन रोकाया स्मृति प्रतिष्ठान खजुराका नरेन्द्र साउद र वेस्ट बलर हिमालय वारिअर्सका वीरु घर्ती भए ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीलगायतले पुरस्कार वितरण गर्नुभएको हो ।कोहलपुर नगर खेलकुद विकास समितिको आयोजना तथा कोहलपुर नगरपालिकाको संरक्षणमा प्रतियोगिताको आयोजना गरिएको हो ।।

Nabintech