२५ जेष्ठ २०८२, शनिबार
बाजुराको बाम्का बजारमा भीषण आगलागी

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०८२, शुक्रबार २१:२८

कैलाली – बाजुराको बुढीगंगा नगरपालिका- ८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए । ‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन । पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने ।

एक लाइनमा करिब ३०/३५ पसल थिए । ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए । मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ ।

Nabintech