२६ जेष्ठ २०८२, आईतवार
नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण सुरु

  • टाइम्स संवाददाता

  • २६ जेष्ठ २०८२, आईतवार ०८:१८

नेपालगञ्जमा आजदेखि वेष्टर्न ट्राभल मार्ट ९डब्लुटिएम० को तेस्रो संस्करण सुरु भएको छ । नाट्टा बाँकेको संयोजनमा नेपालगञ्जः गेट वे टु कर्णालीु भन्ने मूल सन्देशसहित तीन दिने वेष्टर्न ट्राभल मार्ट सुरु भएको हो । मार्टको प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आज उद्घाटन गरे । मार्ट संयोजक एवम् नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षता एवम् सांसद रोठौरको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सांसद राठौरले पश्चिम नेपालको पर्यटन प्रबद्र्धनमा मार्टले वातावरण निर्माण गर्ने विश्वास ब्यक्त गरे । उनले यस क्षेत्रका पर्यटकीय गन्तब्यहरुको प्रचारप्रसार हुनुपर्नेमा जोड समेत दिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज मानसरोबरको गेटवे मात्रै नभई आफैंमा विशेष पर्यटकीय गन्तब्य भएको बताए । उनले नेपालगञ्जलाई धार्मिकरुपले जनकपुर र अयोध्यासंग जोड्न सकिने बताए । विष्टले नेपालगञ्ज धार्मिक सद्भावको सहर पनि भएको नाताले धार्मिक पर्यटन प्रबद्र्धनमा पनि यसखाले इभन्टले सहयोग गर्ने विश्वास ब्यक्त गरे ।

नेपालगञ्जलाई कर्णाली प्रदेशको पर्यटन प्रवेशद्वारु को रुपमा स्थापित गर्दै बाँकेलाई पर्यटकीय गन्तब्य जिल्ला बनाउने लक्ष्यका साथ डब्लुटिएम हुँदै आएको छ । डब्लुटिएमको तेस्रो संस्करणमा भारतका महत्वपूर्ण पर्यटकीय सहरहरु बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट टुर अपरेटरहरुको सहभागिता रहेको मार्ट संयोजक सिग्देलले बताए । यस्तै भारतीय पत्रकार, ट्राभल टुर अपरेटर, ब्लगर, सोसल मिडिया, इन्फ्लुयन्सर र देशभरबाट पर्यटन व्यवसायीहरुको सहभागिता रहेको सिग्देलले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगञ्ज उद्योग बाणिज्य संघ, होटल एसोसिएसन, होटल ब्यवसायी संघ बाँकेसंगको सहकार्यमा मार्ट सञ्चालन भएको हो । कार्यक्रमका मुख्य आकर्षणहरुमा बी टु बी सेसन, टेक्निकल सेसन, परिचयात्मक भ्रमण, कर्णालीमा र्याफ्टिङ्ग, रैथाने खाना प्रदर्शनी, क्यासिनो भिजिट र होटल भिजिट लगायत छन् ।

संयोजक सिग्देलका अनुसार सहभागी टुर अपरेटर र पर्यटन व्यवसायीहरुबीच व्यवसायिक सम्बन्ध स्थापना र सहकार्यका लागि बी टु बी सेसन सञ्चालन हुनेछ । यस्तै पर्यटन क्षेत्रका नवीनतम् प्रबृत्ति, चुनौति र अवसरहरुबारे टेक्निकल सेसनमा छलफल हुनेछ । परिचयात्मक भ्रमणमा सहभागीहरुलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गराइने सिग्देलले जानकारी दिनुभयो । यसैगरी सहभागीहरुलाई कर्णालीमा र्याफ्टिङ्ग गराउने कार्यक्रम पनि छ । मार्ट अन्तर्गत् त्रिभुवन चोकमा स्ट्रिट फुडलेन पनि सञ्चालन गरिएको छ । त्यसमा परम्परागत स्थानीय रैथाने परिकारहरुको प्रदर्शनी छ ।

Nabintech