५ भाद्र २०८२, बिहीबार
विरोध जारी रहेपछि संसद बैठक भोलिसम्म स्थगित

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०८२, बिहीबार १९:३०

काठमाडौं- प्रतिनिधिसभाको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रबार १ बजेका लागि स्थगित भएको जानकारी गराएका हुन् ।  बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् ।

उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद सांसदहरुको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरे । संघर्षको स्वरुप परिवर्तन गर्दै संसद सञ्चालन हुने अवस्था सिर्जना गर्न समेत उनले आग्रह गरे । प्रतिपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरले कार्यसूचीमा रहेका कार्यक्रमलाई हटाउँदै शुक्रबार १ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

Nabintech