नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला एक लाख ९२ हजार ९०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महास्घका अनुसार यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।