३२ जेष्ठ २०८२, शनिबार
अनेरास्ववियुको केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा बाँकेका घिमिरे निर्वाचित

  • टाइम्स संवाददाता

  • ३१ जेष्ठ २०८२, शुक्रबार २१:३८

अनेरास्ववियूको २४ औँ राष्ट्रिय महधिवेशनबाट बाँके कोहलपुरका सुमन घिमिरे केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका छन । बाँकेका टोपराज जैशी सहित अन्य चार जनालाई पराजित गर्दै घिमिरे उक्त पदका लागि निर्वाचित भएका हुन । उनले ३९६ मत प्राप्त गर्दै विजयी भएका हुन ।
अनेराीववियुको केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा घिमिरे बाँकेका जैशी, पोखरा पृथ्वीनारायण क्याम्पसका सभापति विष्णु पोख्रेल, मुना तिवारी र सञ्जिव न्यौपानेबिच प्रतिस्पर्धा भएको थियो । घिमिरे यस अघि अनेरास्ववियुको केन्द्रिय सदस्य रहेका थिए ।

 

Nabintech