८ असार २०८२, आईतवार
चेक बाउन्सको मुद्दामा लुम्बिनीकी सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी

  • टाइम्स संवाददाता

  • ८ असार २०८२, आईतवार १८:०६

लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो ।  अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ । यद्यपि पत्र आइनपुगेको बर्दिया प्रहरीले जनाएको छ ।

पर्साको पोखरियाकी आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । जनमतकै नेतृ आशाकुमारीसँग सुमनाले साढे पाँच लाख रूपैयाँ सापटी लगेर चेक दिएकी थिइन । फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य चेक साट्न जाँदा पैसा नभएपछि चेक बाउन्स भएको थियो

 

Nabintech