९ असार २०८२, सोमबार
उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट फुटबल खेल्ने नेपाली टोलीको बिदाई

  • टाइम्स संवाददाता

  • ९ असार २०८२, सोमबार १८:५२

काठमाडौं – उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट फुटबल खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई बिदाई गरेको हो ।  असार १५ गतेदेखि हुने उक्त छनोटमा नेपाल समूह ‘एफ’मा छ । उक्त समूहमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले पहिलो खेल असार १५ मा लाओससँग खेल्नेछ । दोस्रो खेल असार १८ गते श्रीलंका र तेस्रो खेल असार २१ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

उक्त प्रतियोगिताका लागि एन्फाले अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । टोलीमा गोलकिपर कप्तान सुब्बासँगै अञ्जना रानामगर र उषा नाथ छन् । त्यस्तै, डिफेन्डरमा अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल छन् भने फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

Nabintech