सुर्खेत – गएको जेठ ३० गते राती वीरेन्द्रनगरका केही होटलले यौन व्यवसाय सञ्चालन गर्दै आएको सूचना सुर्खेत प्रहरी समक्ष पुग्यो । प्रहरीको सादा पोशाकसहितको टोलीले यौन व्यवसाय सञ्चालन गरिरहेको होटलमा निगरानी राख्यो ।
वीरेन्द्रनगर–६ वुद्धपथ आसपासका तीन होटलमा लामो समयदेखि यौन व्यवसाय सञ्चालन गरिरहेको तथ्य प्रहरीले फेला पा¥यो । ति होटल थिए हार्दिग, दंगाली र विकास होटल । गोप्य सूचनाबाट आएको जानकारी अन्तत प्रहरीले पुष्टि गरेपछि पोशाकसहितका प्रहरीले तीन वटै होटलमा एकैसाथ छापा हान्यो ।
होटलमा श्रीमतिसहित बसेका जोडी पनि थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रीमान श्रीमती नै हो भन्ने आधार पुष्टि भएकाहरु होटलमै छाडेर बाँकी २५ जनालाई पक्राउ ग¥यो । राती ११ बजेर ३० मिनेटमा ११ महिला र १४ जना पुरुषलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत लग्यो ।
पक्राउ गरेको राती खासै केराकर प्रहरीले गरेन् । भोली पल्ट अर्थात् जेठ ३१ गते शनिवार थियो । सामान्य सोधपुछ बाहेक प्रहरीले थप अनुसन्धान गरेन् । असार १ गते आइतबार प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया थाल्यो ।
अनुसन्धानकै क्रममा एक जना महिला आफू एचआईभी संक्रमित भएको र औषधी मगाइदिन प्रहरीलाई अनुरोध गरिन् । ३३ वर्षीय ति महिलाले अनुसन्धानको क्रममा आफूलाई श्रीमानबाट एचआईभी रोगको संक्रमण भएको बताइन् ।
प्रहरीले ति महिलाको नाम र ठेगाना सार्वजनिक गरेको छैन् । रोजगारीको शिलशिलामा श्रीमान भारत जाने र उनैबाट आफूलाई एचआईभी सरेको वयान प्रहरीलाई दिइन् । तर उनीबाट जन्मिएका तीन सन्तानमा एचआईभी रोगको संक्रमण नदेखिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले उनी विरुद्ध संक्रामक रोग फैलाउन नहुने सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।
रोग लुकाएर थप अरु व्यक्तिहरुमा फैलाउन उद्धत भएको भन्दै प्रहरीले पक्राउ परेका ति महिलाविरुद्ध सामाजिक सदाचार, बेश्याबृत्ति र संक्रामक रोग फैलाउन नहुने सम्बन्धी मुद्दा चलाएको छ ।
श्रीमान एचआईभीकै कारण मृत्युपछि दोस्रो विवाह गरेको र दोस्रो श्रीमानको पनि मृत्युपछि यौन व्यवसायमा संलग्न भएको वयान दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाही बताउँछन् ।
‘आफै संक्रमित भएको व्यक्तिले थप अन्य व्यक्तिमा रोग सार्नमा भूमिका खेलेकाले छुट्टै मुद्दा दर्ता गरेका छौं,’ शाही भन्छन्, ‘अनुसन्धानका क्रममा आफू पनि यौन व्यवसायमा संलग्न हुने र अरु महिलाहरुलाई त्यो कार्यमा लगाउँदै आएको खुलेको छ ।’
विभिन्न समयमा युवतिहरुलाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित प्रहरीले हालसम्म २९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध सामाजिक सदाचार, बेश्याबृत्ति सम्बन्धी मुद्दा चलाएको छ ।
पक्राउ परेका अधिकाँश महिलाहरुमध्य एक जना बालिका छन् । बाँकी ३८ वर्ष उमेर समूहका महिला रहेको प्रहरीले जनाएको छ । ‘यौन व्यवसायमा संलग्नहरु अधिकाँश छिटो रकम कमाउने उदेश्यले लागेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापा भन्छन्, ‘कर्णालीका माथिल्ला जिल्लाहरुबाट रोजगारी र अवसरको खोजीमा वीरेन्द्रनगर झरेकाहरु नै बढी आफै र कसैको लहलहैमा यौन व्यवसायमा लागेको बताउने गरेका छन् ।’
पक्राउ परेका केही महिलाहरुले कोरानाका कारण व्यवसाय धरासाही बनेपछि यौन व्यवसायको बाटो रोजेको वयान प्रहरीलाई दिएका छन् । पछिल्ला समय वुद्धपथ र बसपार्क क्षेत्रका होटलहरुमा यौन व्यवसाय नै सञ्चालन गरिरहेको सूचनापछि निगरानी बढाएको प्रवक्ता बुढथापा बताउँछन् ।
होटलहरुमा युवतीहरुलाई बेश्यावृति कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन कडाई गरिएको उनी बताउँछन् । ‘कुनै होटलहरुमा त्यस्ता गतिविधिहरु भइरहेको थाहा पाउनुभयो भने हामीलाई गोप्य जानकारी दिन सबैमा अनुरोध गरेका छौं,’ बुढथापा भन्छन्, ‘सामाजिक रुपमा खलल पु¥याउने गतिविधिलाई निरुत्साहित गर्न प्रहरी गम्भिर भएर लागेकाले यसमा सबैको साथ आवश्यक छ ।’