३० असार २०८२, सोमबार
सरकारको एक वर्ष : यस्तो छ प्रधानमन्त्रीको समीक्षा

  • टाइम्स संवाददाता

  • ३० असार २०८२, सोमबार ११:१३

काठमाडौं – नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारले १ वर्ष पूरा गरेको छ । सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश जारी गर्दै विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताएका छन् ।

टाइमलाइन नै तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलनको सुरुवात पनि आफ्नो सरकारले गरेको उनले बताएका छन् ।  यस्तै नागरिकलाई प्रवाह गरिने सेवाहरूमा सरलता ल्याउनका लागि महत्त्वपूर्ण कानुनहरू पनि संशोधन भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

अझै गर्नुपर्ने कामहरू धेरै भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले प्रदान गर्ने सेवा लिनका लागि अब लाइन बस्न नपर्ने सबै काम अनलाइनबाट गर्ने प्रचलन पनि बढ्दै गएको बताएका छन् ।

उनले भनेका छन्: हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ। नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।

Nabintech