३० असार २०८२, सोमबार
नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्षको दुर्घटनामा परी निधन

  • टाइम्स संवाददाता

  • ३० असार २०८२, सोमबार ११:१५

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा मधुवन नगरपालिका–८ गणेश चोक नजिक हुलाकी सडकमा उहाँ दुर्घटनामा पर्नु भएको हो ।

उहाँ सवार भे १३ प ९३६७ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी बसेका पत्रकार बस्याल घाइते हुनुभएको थियो । दुर्घटनामा परी गम्भीर चोट लागेपछि उहाँलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल नेपालगञ्जमा ल्याइएकोमा उहँँको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्मरपालले बताउनुभयो । मोटरसाइकल चालक विष्णु पौडेलको भने बर्दिया अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

बस्याल लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ बर्दियाको दुई कार्यकाल अध्यक्ष भइ नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत हुनुभएको थियो । बस्याल बर्दिया जिल्लामा बसेर पत्रकारीता गर्नुको साथै काठमाडौँमा बसेर रेडियो नेपाल लगाएतका सञ्चार माध्यममा काम गर्नुभएको थियो ।

Nabintech