१२ श्रावण २०८२, आईतवार
एनपीएलको खेलाडी अक्सन साउन २४ गते हुने, ४५८ जनाले गराए नाम दर्ता

  • टाइम्स संवाददाता

  • ११ श्रावण २०८२, शनिबार १७:४२

नेपाल प्रिमियर लिग९एनपीएल०को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजनामा संचालन हुन लागेको एनपीएलको दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको हो ।

दोस्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया यहि जुलाई १२ देखि २२, २०२५ सम्म खुल्ला गरिएको थियो । खेलाडी दर्ता प्रकृयामा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले नाम दर्ता गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।  दर्ता भएका सबै खेलाडीहरुको विवरण एनपीएलमा सहभागी ८ फ्रेञ्चाईज टोलीहरुलाई उपलब्ध गराई नेपाल क्रिकेट संघको प्राविधिक समितीले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरुले इच्छ्याएका खेलाडीहरुको सुचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने उनले जानकारी दिए ।

Nabintech