नेपालगन्ज – भेरी अस्पताल, नेपालगन्जमा नवजात शिशुको सिकलसेल एनिमियारथालसिमियाको जाँच गर्ने मेसिन जडान गरिएको छ। ‘एचपीएलसी’ नामको यो मेसिन नेपालमै पहिलो पटक भेरीमा जडान गरिएको हो। प्रदेश सरकारले दिएको मेसिन भारतबाट आएका ईन्जिनियरले जडान गरिरहेको मेसु डा। निराजन सुवेदीले जानकारी दिए।
अहिलेसम्म १६ महिनामुनीका बालबालिकाको सिकलसेल जाँच हुँदैनथ्यो। यो मेसिन सञ्चालनमा आएपछि नवजात शिशु अवस्थामै सिकलसेल जाँच हुनेछ। रगत निकालेर जाँच गरिन्छ। भेरीमा अहिले पनि सिकलसेलका विरामीलाई विभिन्न सेवा दिइरहेको छ। मेसु डा। सुवेदीका अनुसार, भेरीमा निशुल्क जाँच, विरामीलाई रगत चढाउन ६ शैयाको छुट्टै वार्ड, भर्ना गर्न १० शैयाको वार्ड, विपन्नबाट १ लाख बराबरको औषधि सहयोग दिँदै आएको छ।
भेरीमा एक हजार चार सय विरामी नियमित जाँचमा रहेका छन्। सिकलसेल थारु समुदायमा जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरमा थारु समुदायको बाक्लो बसोबास रहेको छ। बंशाणुगत रोगको रुपमा रहेको सिकलसेल फरक समुदायसँग विवाह गर्दा नदेखिने जानकारहरुले बताएका छन्।