१८ श्रावण २०८२, शनिबार
सिद्धिविनायक सामुदायिक वन उपभोग्ता समुहको साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • १८ श्रावण २०८२, शनिबार १५:४०

कोहलपुर  :  बाँकेको कोहलपुर नगरपालिका वडा न २ मा रहेको सिद्धिविनायक सामुदायिक वन उपभोग्ता समुहको २७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पछिल्लो समय यस सामुदायिक वनले वन ब्यवस्थापन तर्फ उत्कृष्ठ काम गर्दै आएको छ । कोहलपुरको केन्द्रमै रहेको यो सामुदायिक वन प्रयापर्यटन प्रर्बघनको लागी वन ब्यस्थापन ,सामुदायिक वन भित्र पार्क निमार्ण , फिकनिक स्थाल र मौसमी चराहरुको समेत अबलोकन गर्न सकिन्छ ।

 

 


कार्यक्रमको प्रमुख अथिती कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुबेदीले कोहलपुरको पर्यटन विकासको लागी सिद्धिविनायक सामुदायिक वनको महत्वपुर्ण योग्दान रहेको बताएकी थिइन । कोहलपुरमा पछिल्लो समय पर्यटीय गतिविधि बढदै जाँदा यस सामुदायिक वनमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउन नयाँ योजना सहित बढन पनि उनी सुझाव दिएकी थिइन ।
१३ हेक्टर क्षेत्रफलमा फैलिएको सिद्धिविनायक सामुदायिक वन भित्र रहेको पार्कको लागी आकर्षण र सुन्दर बनाउनको लागी डिपीआर समेत गरेको साधारण सभामा जानकारी दिएको थियो । पार्क भित्र ब्यामशाला समेत निमार्ण गरिएको छ । सामुदायिक वन भित्र पदमार्ग निमार्ण ,बिसौनी मचान र बिभिन्न किसिमका औषधीजन्य बोटबिरुवा पनि बृक्षा रोपण गरिएको छ ।
सिद्धिविनायक सामुदायकि वन उपभोग्ता समुहका अध्यक्ष कृष्ण राना क्षेत्रले हाल सम्म वन क्षेत्रको बिकास सगसगै बिभिन्न सहयोगी सस्थाहरुको सहकार्यमा वनको बिकास र आयआर्जनको लागी काम गर्दै आएको बताएका थिए । यस सामुदायिक वनलाई कोहलपुर क्षेत्रकै नमुना सामुदायिक वन बनाउने र पर्यटकहरुलाई आकर्षण गर्ने योजनाका साथी अगाडी बढिएको बताएका थिए। व्न मा आधारित उद्यम मार्फत अव उपभोग्ताहरुलाई जोड्ने गरि कामको थालनी गरिएको साधारण सभामा बताएका थिए ।

 


कार्यक्रममा कोहलपुर नगरापालिका वडा न२ का वडा अध्यक्ष हरि कठायतले अव सामुदायिक वन भित्र पार्क निर्माण भए सगै खुल्ला ब्याम शालाको पनि शुरुवात भएको हुदा नियमितरुपमा अध्यासको लागी आउन समेत आग्रह गरेका छन । सामुदायिक वन अब जिवीको पार्जनको बैकल्पिक आम्दानीको श्रोत वनाउनु पर्ने बताएका थिए ।
यस सामुदायिक वनले कोहलपुर क्षेत्र भित्र रहेका पायक पर्ने वडाका नागरिकहरुलाई सालको पात र दाउरा हरु धार्मिक कार्यको लागी निशुल्क रुपमा उपलब्ध गराउदै आएको छ ।
जैविक विविधता संरक्षणको लागी यस सामुदायिक वनले वन क्षेत्र भित्र बिभिन्न कामहरु गर्दै आएको छ । कार्यक्रममा सामुदायिक वन उपभोग्ता महासघ बाँकेकाी अध्यक्ष साबित्रा पुनले वनको बिकास सगसगै पर्यटन प्रर्बधन गरेको कामको प्रशसा गर्दै सामुदायिक वन क्षेत्र भित्र बन्यजन्तुहरुको लागी पानी पोखरी निर्माणको लागी डिभिजन वन कार्यालयसग समन्वय गर्ने प्रतिबद्धाता समेत जनाएकी छन ।
कार्यक्रममा पुर्वअध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

Nabintech