३ माघ २०८२, शुक्रबार
बाँकेमा गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • हुमहरी भट्टराई

  • १८ भाद्र २०८२, बुधबार १९:४५

कोहलपुर   : बाँके जिल्लामा गिद्ध संरक्षणबारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वतावरण तथा ग्रामिण विकास केन्द्र इन्रुडेक बाँकेको आयोजना भेटनेरी अस्पताल तथा पशु बिज्ञ केन्द्र नेपालगन्जको समन्वय र नेपाल पछि सघको सहयोगमा पशु बिज्ञ , संरक्षणकर्मी पत्रकार र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीतामा सम्पन्न भएको छ । यो १७ औ अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवस हो ।

कार्यक्रममा नेपाल पंछी संरक्षण सघका कार्यक्रम अधिकृत भुपाल नेपालीले प्रस्तुत गर्नु भएको तथ्याङ्कअनुसार नेपालमा पाइने ९ प्रजाति गिद्धमध्ये ४ प्रजाति (सेतो पिठ्युँ गिद्ध, सानो सेतो पिठ्युँ गिद्ध, टाउकोमा लाली भएको गिद्ध र लामो ठुटे गिद्ध) अति संकटापन्न श्रेणीमा परेका छन्। पछिल्ला दुई दशकमा गिद्धको संख्या ९० प्रतिशतभन्दा बढीले घटिसकेको वैज्ञानिक तथ्यांक प्रस्तुत गर्दै विज्ञहरूले यसलाई जैविक विविधता र मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषयका रूपमा प्रस्तुतीकरण दिनु भएको थियो । संसार भर २३ प्रजातीका गिद्धहरु रहेका छन । सन २०२३ देखि गिद्धहरुको संरक्षणको लागी बिभिन्न कार्यक्रम संचालन हुदै आएका छन ।
कार्यक्रममा इन्रुडेका बाँकेका अध्यक्ष धर्मलाल रोकायले बाँके जिल्लालाई सन २०११ मा डाइकोफेनिक मुक्त जिल्ला घोषण गरिएको भए पनि अनुगमनको अभाब भएको बताउनु भएको थियो । गण्डकी र लुम्विनी प्रदेश गिद्धहरुको लागी सुरक्षित रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रमका वक्ताहरूले गिद्धलाई केवल वन्यजन्तु नभई प्राकृतिक सरसफाइकर्ता  को रूपमा लिँदै यसको भूमिका मृत जनावर खाएर रोग फैलन नदिने, वातावरणलाई सफा राख्ने र वातावरणीय सन्तुलन कायम राख्नेमा अपरिहार्य रहेको बताएका थिए
विगतमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफिनाक  नामक औषधि गिद्धको मृत्यु दर बढाउने प्रमुख कारण बनेको स्मरण गर्दै यसको प्रयोग रोक्न कडाइ गर्नुपर्ने, गिद्धका लागि सुरक्षित खाना उपलब्ध गराउने ‘गिद्ध रेष्टुरेन्ट’ लाई सशक्त बनाउनुपर्ने र सामुदायिक वन स्तरमै गिद्धमैत्री वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

स्थानीय तहका जनप्रतिनिधिहरूले गिद्ध संरक्षणलाई बजेटीय प्राथमिकतामा राख्नु पर्ने र बाँकेका सामुदायिक वन उपभोक्ताहरूले समेत गिद्धका लागि सुरक्षित आहार व्यवस्थापन गर्ने र संरक्षण अभियानलाई समुदायस्तरमै बलियो बनाउनु पर्ने संरक्षण अभियान्ता आशिष चौधरीले बताउनु भएको थियो । पशु उपचारमा प्रयोग गरिने डाइक्लोफिनाक औषधीकोपुर्णरुपमा प्रतिबन्ध गर्नु पर्ने र गिद्ध हुदा र नहुदाको बिषयमा बिद्यालयस्तरबाटै विद्यार्थीहरुलाई सचेतना दिने कार्यक्रम र युवाहरूले सामाजिक सञ्जालमार्फत गिद्ध संरक्षणबारे सचेतना फैलाउने संकल्प गर्नु आबश्यक भएको र संरक्षणको मुद्दा केवल वातावरणीय नभई सामाजिक र स्वास्थ्य सुरक्षासँग समेत प्रत्यक्ष जोडिएको भन्दै यो अभियानमा मिडियाले सक्रिय भूमिका खेल्न आवश्यक भएको बिश्व वन्यजन्तु संरक्षण पत्रकार मन्च नेपाल च्याप्टर अध्यक्ष एबं एभिन्युज टेलिभिजनका पत्रकार हुमहरी भट्टराईले बताउनु भएको थियो ।

जनस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्ने, अवैज्ञानिक औषधिको प्रयोग नियन्त्रण गर्नुपर्ने र गिद्धमैत्री वातावरण निर्माणका लागि सबै सरोकारवाला पक्षले हातेमालो गर्नुपर्नेमा भेटनेरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बाँकका मत्स्य बिकास अधिकृत कमला अधिकारीले बताउनु भएको थियो ।
बाँके जिल्लालाई ‘गिद्ध संरक्षणको सम्भावना भएको क्षेत्र’ को रूपमा स्थापित गर्न सकिने सम्भावनाबारे पनि छलफल भयो थियो । यस किसिमका अन्तरक्रियाले समुदायस्तरमा गिद्ध संरक्षण अभियानलाई अझै सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

Nabintech