कोहलपुर : बाँकेमा पछिल्लो समय मनपरी नम्बर प्लेट परिर्बतन गरि सवारी साधन सन्चालन गरिएको पाइएको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय बाँकेले यसरी सन्चालन गरेका सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय बाँकेले नियमीत चेकजाँचका क्रममा बाँकेमा रातो नम्बर पेलेट भएको सवारी साधनलाई आफू खुसरी कालो नम्बर पेलेट बनाएर सन्चालन गरि यात्रुहरुलाई बोक्दै गरेको अबस्थामा ११ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनक बहादुर शाहीले बताए
बिल बुकमा रातो रहेको सवारी साधनालाई नम्बर प्लेटमा कालो वनाएर सन्चालन गर्नु कानुन बिपरित हो । यसरी नम्बर प्लेट परिर्बतन गर्नेमा बिद्युतीय गाडी रहेका छन । यस्ता बिद्युतीय गाडीहरु बाँकेमा मनपरी नम्बर प्लेट परिर्वतन गरि सन्चालन भएका २५० को हारहारीमा रहेको पाइएको छ ।

यस्ता सवारी साधनहरुलाई नियन्त्रणमा लिनको लागी ट्रफिक प्रहरीले तिब्र गतिमा कामसमेत थालेको छ । ट्रफिक प्रहरीले बुलेबाइकलाई मोडिफाइ गरेर ठुलो आवाजमा चलाउनेहरुलाई १२ वटा बुलेट वाइकलाई नियन्त्रणमा लिइ कारवाही गरेको छ । ट्रफिक ब्यवस्थापनलाई मजबुद बनाउन बाँके ट्रफिक प्रहरी जुटन थालेको छ । मापसे लगायतका कार्यमा । ट्रफिक प्रहरीले सक्रिउ भएर काम गर्ने बताइएको छ।









