३० कार्तिक २०८२, शनिबार
कोहलपुरमा कृष्ण सेन इच्छुकबारे विमर्श

  • टाइम्स संवाददाता

  • ३० कार्तिक २०८२, शनिबार १९:१५

कोहलपुर : कोहलपुरमा आज साहित्यकार कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श गरिएको छ ।
आयोजक सस्था हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठान का अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई चिनाई उनको योगदानको सम्मानका लागि कार्यक्रम गरिएको बताए । इच्छुक नेपाली बामपन्थी राजनीति र प्रगतिशील साहित्य एवम् पत्रकारिता गर्दागर्दै जनयुद्ध कालमा गिरफ्तारीमा परि लामो समय दाङको जेलमा बसेका इच्छुक अन्य जेलमा सारी सारी यातनाको सिकार बनाइए थिए। महेन्द्र पुलिस क्लबमै उनको निधन भएको भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मीले इच्छुक सच्चा कम्युनिस्ट रहेको बताए । उनले युद्धकालीन समयमा इच्छुकसँगका भेटका रमाइला प्रसङ्ग सुनाए। इच्छुकका चिन्तन र जीवनबारे बोल्दै राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले सरल तर स्पष्ट विचार राख्ने इच्छुकका साहित्य र उनको व्यावहारिक जीवनमा समानता पाइने बताए ।
सोही कार्यक्रममा वक्ता डा. खोपीराम वली क्षेत्रीले इच्छुकको जीवनी, साहित्यिक योगदान र चिन्तनका विविध पक्षलाई चिनाएका थिए ।
कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार कल्पना पौडेल जिज्ञासु, भागवत खनाल, वागेश्वरी क्याम्पसका प्रमुख दानबहादुर हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्यक्रममा लक्ष्मण मानव, देवकी निरौला, अपिल लम्साल, दीपक शाहीलगायतका कविले इच्छुकप्रति समर्पित रचना सुनाएका थिए ।
संस्थाका अध्यक्ष डा.पुष्कर रिजालको अध्यक्षता, सहसचिव प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशव निमेषले गरेका थिए ।

Nabintech