नेपालगन्ज : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भदौ २३ र २४ मा भएको घटना लोकतन्त्र र राष्ट्रलाई कमजोर पार्ने षड्यन्त्र भएको बताएका छन् । नेकपा एमाले बाँकेले आज नेपालगन्जमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले विभिन्न घटनाले पनि षड्यन्त्रको पर्दाफास भएको दावी गरे ।
तर, उनले जनजी (युवा पुस्ता) ले राष्ट्रमाथी आघात पुग्ने काम नगरेको बताए । युवाहरुले उठाएको माग र आन्दोलन जाहेज हुँदाहुँदै त्यसको आडमा गरिएको वितण्डाको पर्दा खुल्दै गएको महासचिव पोख्रेलको तर्क छ ।
उनले नेकपा एमाले विकास र राष्ट्रका पक्षमा काम गर्ने पार्टी भएको उल्लेख गर्दै षड्यन्त्र र भ्रमका पछि नलाग्न आग्रह गरे ।
जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको पुनः निर्माण आफ्नै कार्यकर्ताको सहयोग भएको छ । बाँके पार्टी कार्यालयको उदघाटन गर्दै महासचिव पोख्रेलले कार्यालयको साँचो बाँके अध्यक्ष निरक गुरुङलाई हस्तान्तरण गरेका थिए । यस अघि नेपालगन्जका विभिन्न ठाँउबाट जुलुस निस्केर नगर परिक्रमा गरि पार्टी कार्यालय पुगेर सभामा परिणत भएको थियो ।