कोहलपुरः जन आस्था बहुउदेश्य सहकारी सस्था लिमिटेडको १८ औ बार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिती सस्थाका पुर्व अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले उदघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अथिती बेल्बासेले जन आस्था बहुउेश्य सहकारी सस्थाले बच्चा देखि बृद्ध सम्मको सारथी भएर काम गरिरहेकोले सबैको माया सदभाब र बिश्वास पाएको बताउनु भएको थियो ।
सहकारी मार्फत अब शेयर सदयहरुलाई आयआर्जन मुखी क्रियाकलपामा जोड दिनु पर्ने बताउनु भएको थियो ।
सस्थाको शेयर पुजी २५ लाख ११ हजार सात सय रहेको र आगामी आर्थिक बर्षमा ५० लाख लक्ष्य रहेको साधारण सभामा जानकारी गराईएको थियो । आर्थिक बर्ष २०८१ २०८२ मा यस सहकारीको कुल निक्षेप रकम ९३ लाख ८२ हजार १ सय ५ रहेको आर्थिक प्रतिबेदनमा सस्थाका अध्यक्ष बिनोद सामन्तले जानकारी दिनु भएको थियो ।
सस्थाले निकट भबिष्यमा महिला शेयर सदस्यहरुको लागी आयआर्जन गर्ने तालिमाको ब्यवस्था र पुरुष शेयर सदस्यहरुको लागी घरेलु उद्योग तथा कृषि फर्म सम्बन्धी बिभिन्न सघ संस्थासग समन्वय गरेर तालिमको ब्यवस्था गर्ने योजना समेत रहेको बताइएको थियो ।
सहकारी सस्थाका अध्यक्ष बिनोद सामन्तका अनुसार आगामी बर्षमा बचत तथा शेयर बिस्तार गर्ने , सदस्या सख्या तथा समुह बिस्तार कार्यक्रम ,कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिमा ,अति बिपन्न सदस्यहरुलाई उत्थान कार्यक्रम,जेष्ठ सदस्यहरुलाई बार्षिक उपहार कार्यक्रम , नमुना खेती सन्चालन गर्ने कार्यक्रम रहेको साधारण सभामा जानकारी गराइएको थियो ।