कोहलपुर : वन ,वातावरण , जलवायु न्युनिकरण ,जैविक विविधता संरक्षणको लागी स्थानीय समुदायिक वन उपभोग्ता समुहका प्रतिनिधी , जन प्रतिनिधी , जैबिक बिबिधता संरक्षणको लागी बिद्यालयका बिद्यार्थीहरुको भुमिकालाई सक्रिय बनाउदै संरक्षणमा सबैको साझेदारी गराउदै समुदायस्तर सचेतना जगाउनु जैविक चौतारी कार्यक्रमको मुख्य उदेश्यले हो ।
जैविक संरक्षणको सवाल चुनौती र अबसर बिषयक कार्यक्रम डिभिजन वन कार्यालय बाँकेको सहयोगमा युथ मिडिया हव कोहलपुरले आयोजना गरेको हो । जैविक चौतारी कार्यक्रममा शिताल छायाँ सामुदायिक वनका अध्यक्ष खुसल भण्डारीले यस जैविक चौतारी कार्यक्रम मार्फत समुदायलाई वन संरक्षण , जलबायु परिर्बतनलाई न्युनिकरण गर्न समुदायस्तर सम्म चेतना जगाउनको लागी युथ मिडिया हवले खेलेको भुमिका सकरात्मक रहेको बताएका थिए ।
जैविक चौतारीको छलफल कार्यक्मको उदेश्यको बारेमा युथ मिडिया हवका निर्देशक हुमहरी भट्टराईले यस कार्यक्रमले वन वातावरण र जैविक विविधता संरक्षणमा सामुदायिक वनका सदस्यहरुको ठुलो योग्दान रहेको र पछिल्लो समय वन क्षेत्र भित्र रहेका तालतलैयाहरुबाट आन्तरिक पर्यटन प्रर्बधनमा समे सामुदायिक वनहरुको भुमिका महत्वपुर्ण रहेको बताएका थिए । साथै युथ मिडिया हवले जैविक चौतारी कार्यक्रमका माध्यमबाट वन क्षेत्रको ब्यवथापन , वन संरक्षण गरिएन भने जैविक विविधता र हामी मानव समुदायलाई प्रत्यक्ष असर पुग्ने हुदा वन जंगल संरक्षणको लागी एकजुट हुन पर्ने बताएका थिए ।
जैविक चौतारी कार्यक्रममा वन डढेलो नियन्त्रणको लागी सामुदायिक वनका उपभोग्ताले गरिरहेको प्रयासको बिषयमा छिमेकी सामुदायिक वनका प्रतिनिधीहरु वीच समेत छलफल भएको थियो । कार्यक्रमका प्रमुख अथिती रहेका कोहलपुर नगरपालिका वडा न ८ का वडा सदस्य दिप बहादुर बुढाथोकीले अब वडाका तर्फबाट पनि वन संरक्षण र मावन वन्यजन्तु सहअस्तित्व कायम गर्नको लागी समुदाय र सामुदायिक वनहरुसग मिलेले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
जैविक चौतारीक कार्यक्रमका बिशिष्ठ अथिती सव डिभिजन वन कार्यालय कोहलपुरका बरिष्ठ फेरस्टर मिना थापाले जैविक विविधता संरक्षण वन डढेलो नियन्त्रण , वातावरण संरक्षणमा सामुदायिक वनका उपभोग्ताको ठुलो योग्दान रहेको बताएकी थिइन ।
कार्यक्रममा कम्दी करिडोर अन्र्तगत रहेका ७ वटा सामुदायिक वनका प्रतिनिधी , शिक्षक बिद्यार्थी , पत्रकार गरि ३५ जनाको सहभागीता रहेको थियो ।