मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न
टाइम्स संवाददाता
१४ पुष २०८२, सोमबार १९:२५
कोहलपुर : पछिल्लो समय बाँके राष्ट्रिय निकुन्ज र निकुन्ज भन्दा बाहिरको वन क्षेत्रमा वन्यजन्तुको सख्या बढदै जाँदा वनमा आश्रित रहेका समुदायका नागरिकहरुलाई वन्यजन्तुको आनीबानीको बारेमा सचेतना जगाउने उदेश्यले राप्ती सोनारी गाउपालिका वडा न ४मा रहेको सिख सामुदायिक वनका उपभोग्ताहरुलाई मानवन वन्यजन्तु द्धन्द्ध न्युकिरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दैनिकजसो वनजंगल जाने ब्यक्तिहरुलाई बाघ लगायतका वन्यजन्तुकोको आक्रमणबाट कसरी बच्ने र जंगलजाँदा के कस्ता सावधानी अपनाउनु पर्दछ भन्ने बिषयमा बिश्व वन्यजन्तु संरक्षण पत्रकार मन्चका अध्यक्ष हुमहरी भट्टराईले जानकारी दिनु भएको थियो । बाघ र चितुवाको जोखिम बढदै जाँदा मानिसले आफना आनीबानीलाई परिर्बतन गर्न सकियो भने बन्यजन्तुको जोखिमबाट सुरक्षित रहन सकिने सिख सामुदायिक वनका अध्यक्ष कमल बस्नेतले कार्यक्रममा बताउनु भएको थियो ।
अव बाघ लगायका बन्यजन्तुको संरक्षण गर्दै जंगलको परनिरभरतालाई कम गर्दै बैकल्पिक आयआर्जन तर्फ लागेमा मानव वन्यजन्तुको द्धन्द्ध कम हुने र बन्यजन्तुको पनि संरक्षण हुने हुदा समुदायस्तरमा यस्ता सचेतनामुलक कार्यक्रमले संरक्षणमा टेवा पुग्ने राप्ती सोनारी गाउपालिका वडा न४ वडा सदस्य नुमा बिकले बताउनु भयो
बिश्व वन्यजन्तु संरक्षण मन्चका उपाध्यक्ष एवं युथ मिडिया हवका मिडिया फोकल पर्सन बिष्णु प्रसाद बेल्बासे हात्तीको आक्रमणबाट कसरी बच्ने , कस्तो अबस्थामा आक्रमण गर्ने गर्दछ , वन जंगल जाँदा के कस्ता साबधाी अपनाउनु पर्दछ र मानव वन्यजन्तुको द्धन्द्ध न्युनिकरणमा संचार माध्यमको भुमिका कस्तो हुनु पर्दछ भन्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
बिश्व वन्यजन्तु संरक्षण पत्रकार मन्चका अध्यक्ष एबं युथ मिडिया हवका निर्देशक हुमहरी भट्टराईले बाघको आक्रमणबाट कसरी जोगीन सकिन्छ , कस्तो अबस्थामा बाघले आक्रमण गर्दछ । बाघको आनीवानीको कस्तो हुन्छ । भन्ने बषियमा प्रशिक्षण दिनु भएको थियो ।
चितुवा के हो यसको जोखिमबाट कसरी सुरक्षित हुने ,के कस्ता बैकलपिक आयआर्जनको कार्यहरु गरेयो भने मानव वन्यजन्तुद्धन्द्ध न्युनिकरणमा सहयोग पुग्दछ भन्ने बिषयमा समुहगत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा सिक्टा सव डिभिजनका प्रतिनिधी छोटेलाल चौधरी , वन वातावरण संग सरोकार राख्ने ७० जना भन्दा बढिको सहभागीता रहेको थियो ।
कार्यक्रम डिभिजन वन कार्यालय बाँकेको सहयोगमा युथ मिडिया हवले सन्चालन गरेको थियो। कार्यक्रम उपयोगी रहेको सहभागीहरुले प्रतिक्रिया दिएका थिए ।