कुपोषित बालबालिकाको लागि निःशुल्क स्वास्थ्य जाँच शिविर
टाइम्स संवाददाता
२४ पुष २०८२, बिहीबार ०८:०७
बर्दिया : पछिल्ले एक सर्भेक्षणका अनुसार लुम्विनी प्रदेशको बर्दिया जिल्ला कुपोषणको उच्च जोखिमा रहेको जिल्लाको रुपमा रहेको छ । मुस्लीम समुदाय र थारु समुदायका बालबालिकामा कुपोषण देखा परेको हो । कम उमेरमा बिवाह गर्नु र खानपनिमा ध्यान नदिनु मुख्य कारण रहेको बिज्ञले बताएका छन ।
जपान सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा आड्रा जापान तथा आड्रा नेपालको प्राविधिक सहयोग र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुरसँगको साझेदारीमा सञ्चालित स्वास्थ्य सबलीकरण परियोजना अन्तर्गत अहिले बालबालिकाको निशुल्क स्वास्थ परिक्षण गरि पौष्टिक तत्वयुक्त कोशेली बितारण गरिएको वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) का अध्यक्ष धर्मलाल रोकायले जानकारी दिनु भयो ।
शिविरमा बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाईंले बालबालिकाको स्वास्थ्य जाँच गर्नु भएको थियो। साथै तौल तथा उचाइ मापन गरी पोषण अवस्था जाँच, कुपोषण पहिचान, पोषण कोशेली वितरण, आवश्यक औषधि निःशुल्क वितरण, पोषणसम्बन्धी परामर्श, स्वास्थ्य शिक्षा सम्बन्धी जानकारी तथा गम्भीर कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामा सिफारिस गर्ने सेवा प्रदान गरिएको छ । स्वास्थय सवलिकरण कार्यक्रम अन्तर्गत बर्दिया जिल्लाका ५ वटा पालिकामा शिविर सन्चालन गरिएको छ ।
पाँच पालिकाका ८०० भन्दा वढि वालबालिकालाई पोषण कोसेली दिने लक्ष्य रहेको आड्रा नेपालकाी शिवानी भट्टराईले जानकारी दिनु भयो । गत आर्थिक बर्षमा १ हजार ८०० बालबालिकाहरुमा कुषोण भएको प्रमाणित भएको थियो । सोही आधारमा अहिले स्वास्थ्य शिविर सन्चालन गरिएको हो । स्वास्थ्य शिविरबाट राजापुर नगरपालिकामा १३९ जना गुलरिया नगरपालिकमा ११९ जना बारबर्दियामा १५८ जना पोषण कोशेली प्रदान गर्नुका साथै उनीहरुलाई परामर्श समेत प्रदान गरिएको ठाकुरवावा नगरपालिका र बढैयाताल गाउपालिकामा पनि ८०० भन्दा बढिलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ शिविर सन्चालन भइरहेको छ ।