नेचर गाइड एसोसिएसन बाँकेको छैठौ साधारण सभा सम्पन्न
टाइम्स संवाददाता
२५ पुष २०८२, शुक्रबार २०:१७
कोहलपुर : नेचर गाइड एसोसिएसन बाँकेको छैठौ साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ। बाँके राष्ट्रिय निकुन्जको पर्यापर्यटन प्रर्बधन गर्नका लागी पछिल्लो समय नेचरगाइडहरुको भुमिक सक्रिय हुदै आएको छ । साधारण सभाका प्रमुखअथिती बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कडेलले निकुन्ज भित्रका पुर्वधारहरु तयारी अबस्थामा रहेको बताउदै अब पर्यटकहरु निकुन्ज अवलोकनको लागी सवै सरोकारवालाहरुको भुमिका सक्रिय बनाउनु पर्ने बताउनु भएको थियो
यस आर्थिक बर्षमा ७२५ जन पर्यटकहरुले बाँके राष्ट्रिय निकुन्ज भ्रमण गरेको साधारण सभामा प्रस्तुत गरिएको थियो । साधारण सभामा शुभकामना मन्तब्य राख्दै नेटा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले बाँके राष्ट्रिय निकुन्जको प्रचार प्रचारको लागी नाटाको तर्फबाट पर्यटक बढाउनको लागी लागी परेको बताउदै ६ महिना भित्र तीन सय पर्यटकहरुलाई निकुन्ज अबलोकन गराउने लक्ष्यका साथ लागी परेको बताउनु भएको थियो । कार्यक्रममा जेडएसएल नेपालका प्रदीप सेढाइले नेचर गाइडहरुको क्षमता बिकासको लागी काम गरिरहेको बताउदै आगामी दिनमा पनि नेचरगाइडहरुलाई बहुआयामिक क्षमता बिकासको लागी बिभिन्न तालिमहरु प्रदान गरेको बताउनु भएको थियो । शुभकामना मन्तब्य दिदै कृष्ण चौधरीले बाँके राष्ट्रिय निकुन्जमा वन्यजन्तु सहज रुपमा देख्न सकिने अबस्था अहिले भएको हुदा पर्यटकहरुको रोजी बाँके राष्ट्रिय निकुन्ज बन्दै गएको हुदा हामीले आफनो क्षमतालाई दक्ष बनाउनु पर्ने बताउनु भएको थियो। निकुन्जको प्रचार प्रचार र संरक्षण सम्बन्धीको सकरात्म सन्देश प्रवाह र बाँके राष्ट्रिय निकुन्ज बाघ अवलोकनको लागी हब बन्दै गएको र यस्ता सकारात्मक प्रचारको लागी समाचार प्रवाहलाई पहिलो प्राथमिकता दिएको बिश्व वन्यजन्तु संरक्षण पत्रकार मन्चका अध्यक्ष हुमहरी प्रसाद भट्टराईले बताउनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य नेचरगाइड एसोसिएसन बाँके उपाध्यक्ष शारदा खुनाले ब्यक्त गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष उमा वलीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भिम बहादुर डाँगीले निकुन्जमा पर्यटक ल्याउनको लागी सबै पक्षसग छलफल गरेको बताउनु भएको थियो । कार्यक्रममा जेडएस एल नेपाल इलम परियोजना ,तराई भुपरिधी तथा संरक्षण कार्यक्रम इन्रुडेक,मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिती ,मध्यवर्ती उपभोग्ता समिती बाँके राष्ट्रिय निकुन्ज र सन्चारकर्मीहरुको उपस्जिथती रहेको थियो। कार्यक्रम नेचरगाइड एसोसिएसन बाँकेकी सचिब शान्ती चौधरीले सन्चालन गर्नु भएको थियो ।