२९ पुष २०८२, मंगलवार
मानव वन्यजन्तुवीचको द्धन्द्ध ब्यवस्थपनको लागी समन्वयात्मक बैठक सम्पन्न

  • हुमहरी भट्टराई

  • २६ पुष २०८२, शनिबार २०:०३

कोहलपुर  :   पछिल्लो समय बाँके राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्ज तथा मध्यवर्ती क्षेत्र र वन क्षेत्रमा बाघ , चितुवा लगायत हिंस्रक वन्यजन्तुहरुको आक्रमण बढिरहेको सन्र्दभमा मावन वन्यजन्तु द्धन्द्ध न्युनिकरणको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ ।
बाँके र बर्दियाका जिल्ला प्रशासन कार्यालयका प्रमुख ,डिभिजन वन कार्यालयका प्रमुख , नेपाली सेनाका प्रमुख , सशस्त्र प्रहरीका प्रहरीका प्रमुख , नेपाल प्रहरीका प्रमुख मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका प्रमुख , संरक्षण साझेदार सस्थाका प्रमुखको उपस्थिती रहेको थियो ।
छलफलमा हिंस्रक वन्यजन्तुको नियन्त्रण तथा ब्यवस्थपन गर्ने ,वन्यजन्तुकोको आनीवानी र वन पैदावर सम्बन्धी सचेतना जगाउने ,संरक्षित क्षेत्रहरमा हिंस्रक वन्यजन्तुको आहारजन्य प्रजातीहरुवीचको सन्तुलन कायम राख्ने बास्थानको क्षमता र वन्यजन्तुको सख्याको सन्तुलनका बिषयमा छलफल भएको बाँके राष्ट्रिय निकुन्ज बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले बताउनु भयो ।


जिल्ला प्रमुखहरुको बैठकले हिंस्रक वन्यजन्तुको सकेसम्म तत्काल पहिचान, नियन्त्रण तथा व्यवस्थापन गर्ने सम्बन्धमा सम्वन्धित राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुले संरक्षण साझेदार संघसंस्थाहरु, स्थानीय तह, मध्यवर्ती क्षेत्र र अन्य सरोकारवाला निकायहरुबीच समन्वय गरी प्राविधिक टोली खटाई अत्याधुनिक प्रविधि (क्यामेरा) को प्रयोग गरी हिंस्रक बन्यजन्तुको पहिचान गर्ने, नियन्त्रणमा लिन आवश्यक देखिएमा नियन्त्रणमा लिई व्यवस्थापन गर्ने।
त्यसैगरी हिस्रक वन्यजन्तुहरु हुन सक्ने संभावित क्षेत्रमा नेपाली सेना, निकुञ्ज, डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला निकायबीच जिल्ला भित्र र वाहिर समेत आपसी समन्वय र सहकार्यमा नियमित गस्ती, पेट्रोलिङ गरी समयमै सूचनाको आदानप्रदान गर्ने गराउने व्यवस्था मिलाउने। जाडो मौसमको समयमा तराई क्षेत्रमा लाग्ने बाक्लो हुस्सु तथा शीतलहर समेतको कारणले गर्दा वन्यजन्तुहरु गाउँवस्तीमा निस्किन सक्ने प्रवल संभावना रहेको तथा स्थानीय वासिन्दाहरु चरिचरन, घाँस दाउरा, स्याउला सोत्तर लगायतका वनजन्य प्राकृतिक स्रोत र साधनको उपभोग गर्न जंगल जाने सिलसिलामा न्यून देख सकिने संभावना (ीयध ख्ष्कष्दष्ष्तिथ) का कारण हिंस्रक वन्यजन्तु सँग जम्काभेट हुन सक्ने संभावना अत्याधिक रहने हुँदा जाडो मौसम भरी स्थानीय जनतालाई वन पैदावारको उपयोगमा वैकल्पिक स्रोतको प्रयोगलाई बढावा गर्न प्रोत्सादन गर्ने र जानै पर्ने भएमा समूहमा जाने, होहल्ला नगर्ने र दिउँसोको समयमा मात्र सचेत भई जाने तथा एकापसमा सहयोगात्मक भावनाका साथ जंगलभित्रका क्रियाकलापहरु गर्न गराउन सामुदायीक वन उपभोक्ता समिति, राष्ट्रिय निकुञ्ज, डिभिजन बन कार्यालय र स्थानीय तहहरुको समन्वय एवं सहभागितामा सचेतनामूलक कार्यक्रम संचालन गर्ने। र संरक्षित क्षेत्रहरु र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा आहारजन्य प्रजातीहरुको उपलब्धता र घनत्व बढाउनका लागि आवश्यक व्यवस्थापकीय क्रियाकलापहरु, जस्तैः बासस्थान व्यवस्थापन, घाँसे मैदान, पानीपोखरी निर्माण तथा मर्मत संहारका कार्यहरु सम्बन्धित कार्यालयले विशेष प्राथमिकतामा राखि गर्ने गराउने तथा सोको लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोगका लागि संरक्षण साझेदार संघसंस्था तथा सरकारी उपल्लो निकायमा समेत अनुरोध गरी पठाउने। वासस्थानको धारण क्षमता बमोजिम वन्यजन्तुको संख्या एकिन गरी मानव र वन्यजन्तुबीच सन्तुलन हुने गरी मात्र बाघ तथा चितुवा जस्ता हिंस्रक वन्यजन्तुको संख्याको संरक्षण व्यवस्थापन गर्ने सन्दर्भमा आवश्यक अध्ययन अनुसन्धान र नीतिगत व्यवस्थाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई अनुरोध गर्ने निर्णय गरि मावन वन्यजन्तु द्धन्द्ध न्युनिकरणको लागी पहल गरिएको छ ।

यसले समुदायस्तरमा भइरहेको बन्यजन्तुको त्रास कम गर्न महत्वपुर्ण भुमिका खेल्ने बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बताउनु भयो ।

 

Nabintech