कोहलपुर : कोहलपुर जेसिजको १८औ साधारणसभा आज भब्य रुपले सम्पन्न भएको छ। कोहलपुर जेसिजका सस्थापक अध्यक्ष सम बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोहलपुर जेसिजका पुर्ब अध्यक्ष एव नेपाल जेसिजबर्ष २०२५ का निबर्तमान कोषअध्यक्ष राम प्रसाद पान्डे, जेसिजका पुर्ब अध्यक्ष बिष्णु प्रसाद बेल्बासे, ईश्वर शर्मा,गैसस महासङ लुम्बिनी प्रदेश सहसचिब संकर न्यौपाने लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो। कोहलपुर जेसिजको १७ अधिबेशनबाट बर्ष २०२६ का लागि लुना बुढाथोकिको
अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ।जसको कार्यकारी उपाध्यक्षमा सरोजबाबु पङेनी र सुमित्रा बराल उपाध्यक्षमा क्रमस:किशोर शाही,बासुदेब ढकाल ,शुभम बर्नवाल र छबिचन्द्र छ्न्त्याल चयन भएका छ्न।
साधारणसभाको अध्यक्षता कोहलपुर जेसिज बर्ष २०२५का अध्यक्ष दिपेन्द्र कठायतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सरोजबाबु पगेनिले गरेका थिए ।
कार्यक्रममा कोहलपुर क्षेत्रमा विभिन्न सामाजिक क्षेत्रमा कृयासिल ६० जना बढी युवाहरुको सहभागीता रहेको थियो।
सभामा कोषअध्यक्ष रोम बहादुर थापा(रमेश) र महासचिव सरोज पगेनिले प्रस्तुत गरेको आर्थिक तथा कार्यक्रम प्रतिबेदन पारित भएको थियो।
जुनियर जेसिजमा हेमन्त भट्टराई चयन। त्यसैगरी आज भएको जुनियर जेसिजको अधिबेशन बाट हेमन्त भट्टराई अध्यक्ष चुनियका छ्न। कार्यकारी उपाध्यक्ष दिनेश भट्टराई र दिपा सुनार चुनियका छ्न ।उपाध्यक्षमा स्वर्णिमा गिरि,दिप्लब बराली ,शान्त बहादुर चदरा र सुरज बिक चुनियको जनाइएको छ।