२५ चैत्र २०८२, बुधबार
ढकाल निर्वाचित भए दलित उत्थान सुनिश्चित – नन्दा विश्वकर्मा

  • टाइम्स संवाददाता

  • २८ माघ २०८२, मंगलवार १३:३७

मुक्ति समाज क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीको आयोजनामा क्षेत्रीय भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दलित तथा पछाडि पारिएका समुदायको हकहित, अधिकार र सम्मान सुनिश्चित गर्न आगामी निर्वाचन निर्णायक बनाउने प्रतिबद्धता व्यक्त गरियो।
कार्यक्रममा मुक्ति समाजका अगुवा नन्दा विश्वकर्माले नेकपा एमालेका उम्मेदवार सूर्य ढकाल इमानदार, संघर्षशील र जनमुखी नेतृत्व भएको दाबी गर्दै उनलाई विजयी गराउनु नै क्षेत्र नम्बर १ का दलित तथा उत्पीडित समुदायको आवाज सशक्त बनाउने एकमात्र विकल्प भएको बताउदै
ढकाल निर्वाचित भए क्षेत्रको दलित समुदायको हकहित, अधिकार, सामाजिक–आर्थिक उत्थान र समान अवसर व्यवहारमै सुनिश्चित हुने स्पष्ट पारे।


सो कार्यक्रममा नेकपा एमालेका उम्मेदवार सूर्य ढकालले दलित तथा पछाडि पारिएका समुदायको विकास र उत्थान एमालेको नारा मात्र नभई निरन्तरको राजनीतिक अभ्यास भएको बताए।
निर्वाचन लक्षित उक्त कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु बसन्ती अधिकारि,हारुन हलुवाई जिल्ला प्रचार बिभाग प्रमुख निर्मला सुनार लगायत मुक्ति समाजका अगुवा तथा नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Nabintech