काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा भेला भएका छन्। काठमाडौं प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरेर सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादीहरु भेला भएका हुन् । त्यहाँ विहानैदेखि ठूलो संख्यामा प्रहरीहरू तैनाथ गरिएको थियो।
पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं आउँदैछन्। पूर्वराजा शाहको स्वागतको लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि विमानस्थलमा पुगेका छन् । अहिले विमानस्थलबाहिर पूर्वराजाका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् । प्रहरीले राजावादीहरुलाई विमानस्थलबाहिर नै रोकेर राखेका छन् । समर्थकहरुले नारावाजी गरिरहेका छन् ।






