२ फाल्गुन २०८२, शनिबार
तीन स्थानमा निर्वाचन सम्पर्क कार्यालय स्थापना

  • टाइम्स संवाददाता

  • २ फाल्गुन २०८२, शनिबार २०:०२

बाँके क्षेत्र नं. १ का दुई स्थानमा नेकपा एमालले निर्वाचन पचिालन सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
नेकपा एमालले राप्तिसोनारीको वडा नं. ८ र कोहलपुरको वडा नं. ७ मा निर्वाचन पचिालन सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नं. ७ मा एमाले नेता सुरेन्द्र थापाको नेतृत्वमा निर्वाचन पचिालन सम्पर्क कार्यालय स्थापना गरिएको हो भने राप्तिसोनारी ८ ढकेरीमा प्रतिनिधि सभाका उम्मेदवार सुर्य ढकालले निर्वाचन पचिालन सम्पर्क कार्यालयको स्थापना गरेका हुन । यस्तै कोहलपुर नगरपालिका वडा न ५ मा पनि सम्पर्क कार्यालयको स्थपन गरिएको छ ।


स्थानिय स्तरमा पार्टिका एजेण्डाहरु जनतामाझ सुसोचित गर्ने उद्धेश्यले निर्वाचन पचिालन सम्पर्क कार्यालय स्थापना गरिएको निर्वाचन परिचालन कमिटिका संयोजक वसन्ति अधिकारीले वताइन ।
ढकेरीमा आयोजित कार्यक्रममा कार्यालय स्थापना पश्चात आफनो भनाई राख्दै उम्मेदवार ढकालले निकुञ्जसंगको समन्वयमा भक्ते खोलाको डाईभर्सन कामले पुर्णता पाएको उल्लेख गर्दै चुके नालाको लागि १५ करोडको वजेट सहित कार्य सम्पन्नकालागि टेण्डर आब्हानको चरणमा रहेको वताए ।


महादेवा कोहलपुर सडककालागि बजेट विनियोजन भईसकेको स्मरण गर्दै यसै क्षेत्रका पुर्व सांसद समेत रहेका ढकालले निकुञ्ज आसपास तारवार गर्नुपर्ने आफुले संसदमा पटक पटक आवाज उठाएकै कारण निकुञ्ज ऐन समेत परिमार्जन भएको उल्लेख गरे ।
कार्यक्रममा स्थानियवासिहरुले बाँदर लगाएत बन्यजन्तुहरुले आफनो थातथलोमा पुर्याएको असहजता, बाटो, पुल पुलेसा शिक्षा, स्वास्थ्य लगाएत आधारभुत अधिकारहरु यथाशिघ्र कार्यान्वयन गर्न पुर्व सांसद समेत रहेका ढकाललाई आग्रह गरेका छन ।
राप्ती सोनारी वडा नं. ८ का वडा अध्यक्ष साहेनलाल थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Nabintech