रुकुम पूर्व : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी खटनपटनलाई लिएर रुकुम पूर्वमा विवाद चर्किएको छ ।
निर्वाचनमा शिक्षकहरूलाई उपेक्षा गरी स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको भन्दै पुथा उत्तरगंगा गाउँपालिकाका सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले मतदान अधिकृतको जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका छन् ।जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वलाई लिखित पत्र बुझाउँदै खड्काले आफूलाई तोकिएको भूमे गाउँपालिका–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुन्वाङको मतदान अधिकृतको पद त्याग गरेको घोषणा गरेका हुन् । उनले शिक्षकहरूको पेसागत गरिमा र मर्यादामा आँच पुग्ने गरी निर्वाचन आयोगले विभेदकारी नीति लिएको आरोप लगाएका छन् ।













