२५ चैत्र २०८२, बुधबार
इरानी नागरिकलाई नेपालको अन अराइभल भिसा बन्द, अरु कुन-कुन देशलाई कडाइ ?

अब १३ देशका नागरिकले दूतावास धाउनुपर्ने


  • टाइम्स संवाददाता

  • २९ फाल्गुन २०८२, शुक्रबार १८:२८

काठमाडौं – नेपाल सरकारले आफ्नो भिसा नीतिमा हेरफेर गर्दै इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ ।

अध्यागमन विभागका अनुसार अबदेखि इरानका साधारण राहदानीवाहक नागरिकहरुले नेपाल भ्रमणमा आउनुअघि अनिवार्य रुपमा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा प्राप्त गर्नुपर्नेछ ।

सरकारी र कूटनीतिक राहदानीवाहक इरानी नागरिकका हकमा भने पुरानै व्यवस्था कायम रहने विभागले स्पष्ट पारेको छ । यो नयाँ व्यवस्थासँगै नेपाल आइपुगेपछि विमानस्थल वा प्रवेश नाकामै भिसा नपाउने देशहरुको संख्या अब १३ पुगेको छ । यसअघि नै नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकहरुलाई नेपालले अन–अराइभल भिसा नदिने सूचीमा राखेको थियो ।

सुरक्षा संवेदनशीलता र अध्यागमन व्यवस्थापनलाई थप चुस्त बनाउन सरकारले यो कदम चालेको हो ।

शरणार्थीको पहिचान स्वरुप ट्राभल डकुमेन्ट बोक्ने व्यक्तिहरुका लागि पनि नेपाल प्रवेशको नियममा कडाइ गरिएको छ । त्यस्ता व्यक्तिहरुले पनि अब नेपाल आउनु अघि नै विदेशस्थित नेपाली दूतावासबाट पूर्वस्वीकृति र भिसा लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

Nabintech