हवाई इन्धन मूल्य दोब्बरले बढेसँगै हवाई उडानको भाडाान भारी वृद्धि भएको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार योसँगै काठमाडौं(धनगढी रुटको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार भाडादरमा इन्धनको मूल्य (फ्युल सर्चाज) मात्र बढेको हो । यसअघि धनगढीका लागि भाडामा इन्धनको मूल्य ५ हजार ६ सय १० तोकिएको थियो ।
तर, नेपाल आयल निगमले मंगलबार आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा १ सय २५ बाट बढाएर २ सय ५१ रुपैयाँ पुर्याएको थियो । यससँगै धनगढी रुटको भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ । अब धनगढीको न्यूनतम भाडादर १४ हजार ४ सय ५७ कायम भएको छ ।
भाडादरमा इन्धनको मूल्यबाहेक वायुसेवा कम्पनीले लिने भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र विमानस्थल शुल्क थप हुन्छ । वायुसेवा सञ्चालक संघका अनुसार नयाँ भाडादर कार्यान्वयनमा आइसकेको छ । वायुसेवा कम्पनीका अनुसार बढेको डलरको मूल्य र इन्धन मूल्यका कारण हवाई सेवा व्यवस्थापन निकै चुनौतिपूर्ण अवस्थामा पुगेको बताएका छन् ।
काठमाडौं-माउन्टेन रुटको भाडा अब अधिकतम १८ हजार २६ र न्यूनतम ११ हजार ३ सय ४२ पुगेको छ । काठमाडौं-भद्रपुर न्यूनतम ९ हजार ९८९.२ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ ।
त्यस्तै काठमाडौं-विराटनगरको न्यूनतम ८ हजार ८८.९ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५, काठमाडौं-जनकपुर न्यूनतम ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ । काठमाडौं-पोखरा रुटको न्यूनतम ५ हजार १५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको प्राधिकरणले जनाएको छ ।
यसैगरी काठमाडौं-भैरहवा रुटको न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ पुगेको छ । काठमाडौं-नेपालगन्ज भाडा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १ सय ४८ पुगेको छ ।
काठमाडौं-तुम्लिङटार न्यूनतम ६ हजार ३ सय २७ र अधिकतम ९ हजार ९ सय २० पुगेको छ । सिमरा-धनगढी रुटको भाडा २६ हजार ३ सय ६ पुगेको छ । जसमा इन्धन शुल्क १२ हजार ७ सय ३५ पुगेको छ ।
कुन रुटको भाडादर कति ?












