९ बैशाख २०८३, बुधबार
विश्व पृथ्वी दिवस २०२६ का अवसरमा कोहलपुरमा सरसफाइ अभियान सम्पन्न

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०८३, बुधबार २०:११

 

कोहलपुर :  विश्वव्यापी रूपमा आज मनाइने विश्व पृथ्वी दिवस २०२६ को अवसरमा कोहलपुरमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। सम्वर्धन परियोजनाको, सामुदायिक वन उपभोक्ता महासंघ, बाँके, कोहलपुर नगरपालिका, नगर प्रहरी, युवा एकता क्लब, समाज सेवा संस्था नेपालको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम अन्तर्गत सरसफाइ अभियान युवा एकता क्लब भवन परिसरबाट सुरु भई कोहलपुर–१२ को चप्पगौडी क्षेत्रका सडक तथा आसपासका स्थानहरूमा सञ्चालन गरिएको थियो। स्थानीय बासिन्दा, युवाहरू, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागितामा सडकमा फोहोर संकलन गरी वातावरण स्वच्छ बनाउने प्रयास गरिएको थियो।
सरसफाइ अभियानपछि समाज सेवा संस्था नेपालका कलाकारहरूको टोलीले प्रभावशाली सडक नाटक प्रस्तुत गरेको थियो। नाटकमार्फत बढ्दो प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन तथा वातावरणीय क्षतिले पृथ्वीमा पारिरहेको नकारात्मक असरलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। साथै, पृथ्वी संरक्षणमा प्रत्येक व्यक्तिको जिम्मेवारी र भूमिका कति महत्वपूर्ण छ भन्ने सन्देश समेत प्रवाह गरिएको थियो।

 

कार्यक्रममा कोहलपुर नगरपालिका–१२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले स्थानीयस्तरबाट अहिले वातावरण संरक्षणको लागी भइरहेका प्रयास र सम्बर्धन परियोजनाले आयोजना गरेको कार्यक्रम प्रभाककारी भएको बताउनु भएको थियो । नेपाल प्रहरी, नगर प्रहरीका प्रतिनिधिहरू, सामुदायिक वन उपभोक्ता महासंघ  बाँकेका अध्यक्ष  युवा एकता क्लबका अध्यक्ष तथा सदस्यहरू, , सम्वर्धन परियोजनाको टोली, युवा क्लबका सदस्यहरू तथा स्थानीय नागरिकहरूको सरसmाइ अभियानमा उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले पृथ्वी संरक्षणका लागि यस्ता गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले वातावरणीय सरसफाइ, फोहोर व्यवस्थापन तथा हरियाली प्रवद्र्धनमार्फत मात्र दिगो भविष्य सुनिश्चित गर्न सकिने उल्लेख गरेका थिए
यस प्रकारका संयुक्त प्रयासहरूले स्थानीय तहमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि हुनुका साथै समुदायलाई सक्रिय रूपमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्ने फेगोफन बाके अध्यक्ष साबित्रा पुनले बताउनु भयो ।

Nabintech