२६ कार्तिक २०८३, बुधबार
भोटेकोशी बाढीपीडितका लागि कोहलपुरको साझा सहकारीको रु. १ लाख ६८ हजार सहयोग

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०८३, बिहीबार १५:२७

कोहलपुर–११, बाँकेस्थित साझा सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएका परिवारका लागि रु. १ लाख ६८ हजार राहत सहयोग उपलब्ध गराएको छ।

सहकारी संस्थाको तर्फबाट  रु. १ लाख १ हजार तथा सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरूको तर्फबाट रु. ६७ हजार गरी कुल रु. १ लाख ६८ हजार सहयोग गरेका हुन ।

सहकारीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीका कारण ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा पीडित परिवारप्रति सहानुभूति समेत प्रकट गरेको छ।

सहकारीका अध्यक्ष पारसनाथ थारूले  सहयोग गरिएको बाफे जानकारी गराइएका हुन ।

Nabintech