२६ कार्तिक २०८३, बुधबार
भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा रु. २० लाख सहयोग

  • टाइम्स संवाददाता

  • २६ भाद्र २०८३, शुक्रबार १२:०२

कोहलपुर  : रसुवामा हालै आएको विनाशकारी बाढीबाटप्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउनेउद्देश्यले भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा रु. २० लाख सहयोग प्रदान गरेको छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथासमुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो।विपद्को समयमा आवश्यक राहत तथा पुनःस्थापनाका कार्यमा योगदानपुर्‍याउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष रहेको भायानेटकोविश्वास छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको यस सहयोगबाटरसुवा बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकारनेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षागरिएको छ।

यस दुःखद् विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भायानेट हार्दिकश्रद्धाञ्जली अर्पण गर्दछ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनाव्यक्त गर्दै विपद्बाट प्रभावित सम्पूर्ण व्यक्ति तथा समुदायप्रति भायानेटहार्दिक ऐक्यबद्धता प्रकट गर्दछ।

साथै, विपद्को समयमा उद्धार, राहत तथा सहयोगका कार्यमा निरन्तरखटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथाविभिन्न मानवीय सहायता एवं राहत कार्यमा संलग्न सम्पूर्ण व्यक्ति तथासंस्थाप्रति भायानेट हार्दिक आभार व्यक्त गर्दछ।

विपद्को यस घडीमा प्रभावित समुदायको राहत, पुनःस्थापना तथापुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग रसहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता भायानेट व्यक्त गर्दछ।

facebook sharing button
twitter sharing button
Nabintech