नेपाली संगीत क्षेत्रमा नयाँ सांगीतिक प्रस्तुति ‘तिर्सना’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। असोज ३ गते कोहलपुरस्थित सुनाखरी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो।
ओम शर्मा र बिन्दु परियारको स्वर रहेको गीतमा पत्रकार निरज सिंह निश्चलको शब्द र चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ। भिडियोमा दुर्गा रानामगर, नवीन जिसी, सम्झना खनाल र सफल बि।के।ले अभिनय गरेका छन्।
गीतको कन्सेप्ट, कथा तथा निर्देशन नवराज सुवेदीले गरेका हुन्। प्रेम, भावना र सांगीतिक मिठास समेटिएको गीतको भिडियोमा कलाकारहरूको अभिनयमार्फत कथालाई जीवन्त बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
कौशिल्या अस्पतालका कार्यकारी निर्देशक राम न्यौपाने, साहित्यकार कपिल अन्जान, महेन्द्र सेढाई, देवकी निरौला, डा। खोपीराम ओली, पत्रकार विष्णु बेल्बासे लगाएतले संयुक्त रूपमा ‘तिर्सना’ म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। कार्यक्रममा कलाकार, पत्रकार, सञ्चारकर्मी, कला–संगीतप्रेमी तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।










