५ आश्विन २०८३, सोमबार
तक्षशिला एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

कक्षा १२ का विद्यार्थीले गरे नवआगन्तुक विद्यार्थीको स्वागत


  • टाइम्स संवाददाता

  • ३ आश्विन २०८३, शनिबार २०:३६

कोहलपुर –  तक्षशिला एकेडेमी, कोहलपुरमा कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम आज एक विशेष समारोहका बिच सम्पन्न भएको छ।
कक्षा १२ मा अध्ययनरत छात्र–छात्राहरूको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बेलबासेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका शैक्षिक सल्लाहकार डा. खोपिराम वली, प्रिन्सिपल भीम बहादुर रोकाय लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै अतिथिहरूले नवआगन्तुक विद्यार्थीहरूलाई तक्षशिला एकेडेमी परिवारमा स्वागत गर्दै अनुशासित, लगनशील र जिम्मेवार भएर अध्ययन गर्न सुझाव दिएका थिए।


सो अवसरमा नवआगन्तुक विद्यार्थीहरूले तक्षशिला एकेडेमीको शैक्षिक गुणस्तर तथा वातावरणको प्रशंसा गर्दै यस विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरेकोमा आफूहरू अत्यन्त खुसी रहेको बताएका थिए।
उनीहरूले विद्यालयले प्रदान गर्ने गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप तथा सकारात्मक शैक्षिक वातावरणबाट आफूहरूको ज्ञान, क्षमता र व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यकमको अध्यक्षता कक्षा १२ मा अध्यनरत बिद्यार्थी निक्सन चौधरी र सन्चालन खुस्बु सुनारले गरेका थिए।

Nabintech