२४ आश्विन २०८३, शनिबार
दशबिगामा दुई मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइत

  • टाइम्स संवाददाता

  • २३ आश्विन २०८३, शुक्रबार ०९:१९

कोहलपुर –  बाँकेको कोहलपुरस्थित दशबिगामा बिहीबार साँझ दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।

राति करिब ९ बजेको समयमा मेट्रो मार्ट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको भे ६ प ६६११ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ प १३०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा बा १७ प १३०० नम्बरको मोटरसाइकलमा पछाडि सवार सन्तोष परियार गम्भीर घाइते भएका छन्। उक्त मोटरसाइकलका चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

Nabintech