२४ आश्विन २०८३, शनिबार
नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को १५औँ महाधिवेशन असोज २४ गते कोहलपुरमा हुने

  • टाइम्स संवाददाता

  • २३ आश्विन २०८३, शुक्रबार ०९:२२

कोहलपुर – नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को १५औँ नियमित महाधिवेशन असोज २४ गते कोहलपुरमा हुने भएको छ।

कोहलपुरस्थित पार्टी प्यालेस, साझा चोकमा बिहान ११:३० बजे महाधिवेशन आयोजना गर्न लागिएको हो। महाधिवेशन भव्य रूपमा सफल पार्न नेपाली कांग्रेसले पार्टीका विभिन्न वडा सभापति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य तथा भ्रातृ एवं शुभेच्छुक संस्थामा आबद्ध सम्पूर्ण नेता–कार्यकर्तालाई उत्साहपूर्ण सहभागिताका लागि हार्दिक अपिल गरेको छ।

महाधिवेशनमा लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरी प्रमुख  अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण, आपसी एकता तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Nabintech