- नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को १५औँ नियमित महाधिवेशन पक्षधरबाट क्षेत्रीय सभापतिमा यज्ञ महरा निर्वाचित भएका छन्।
यसैगरी, कोहलपुर नगर सभापतिमा सनत रेग्मी चयन भएका छन्। त्यस्तै, प्रदेश सभा क्षेत्र नं. १ (ख) को सभापतिमा रतन बुढा र प्रदेश सभा क्षेत्र नं. १ (क) को सभापतिमा लक्ष्मण थारु चयन भएका छन्।
राप्तीसोनारी गाउँपालिका सभापतिमा हर्षवर्धन थारु सर्वसम्मत रूपमा चयन गरिएको जिल्ला सम्योजक कृष्ण कार्कीले बताउनु भयो ।
कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने तथा पार्टीलाई आगामी दिनमा थप प्रभावकारी बनाउने उद्देश्यसहित नेतृत्व चयन गरिएको बताइएको छ।
क्षेत्रीय, प्रदेश तथा पालिका तहमा नयाँ नेतृत्व चयन भएसँगै बाँके क्षेत्र नं. १ मा नेपाली कांग्रेसको संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको नवनिर्वाचित सभापती यज्ञ महराले बताउनु भयो ।








