कोहलपुर- भूम बहादुर भण्डारीको पहलमा कोहलपुर होल्डिङ सेन्टरमा बस्दै आएका एक सय परिवारलाई दशैंको अवसरमा मासु र चिउरा वितरण गरिएको छ।
दशैंको खुसी बाँड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ज्येष्ठ नागरिक हुमाकान्त न्यौपानेले ९९ जना बालबालिकालाई दशैंको दक्षिणा प्रदान गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

चाडपर्वको समयमा होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका परिवारलाई केही खुसी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भूम बहादुर भण्डारीले बताउनुभयो। उहाँले चाडपर्व सबैका लागि खुसी र उमङ्गको अवसर बन्न सकोस् भन्ने भावनासहित सहयोग कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
कार्यक्रमले चाडपर्वका बेला आपसी सद्भाव, सहयोग र मानवीय भावनाको महत्त्वलाई उजागर गर्ने अपेक्षा गरीएको छ ।




















